Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै

Advertisement

प्रधान संवाददाता महेन्द्र श्रेष्ठ,  दोलखा

अभयपुर शहर दोलखा, चत्र ३० गते ।

दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने  अभयपुर सहर दोलखामा एकहप्ते दुई दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै  छ । गत चैत ३० गते सुरु भएको यो जात्रा  अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ।

 

करिब छ  सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु  हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।

रथ यात्रा  कुन कुन टाेलमा पुग्छ त ?

समाजसेबी श्रणकुमार प्रधानकाे  अनुसार यस पटक बैशाख २  गते रथ नक्छेबाट श्यामसन्दुर टोलसम्म लगियो भने बैशाख ३ गते टँसिचा हुँदै ४ गते माथिल्लो टोलमा रथ तानेर पु-याइएको  हुन्छ । सो दिन उकालो बाटो भएका कारण विशेष महत्वका साथ हुन्छ।

बैशाख  ५ गते रथ माथिल्लो टोलबाट दुङ्गल पु¥याइयो भने  बैशाख  ६ गते दुङ्गलबाट पुनः पिङ्गलमा ल्याइयो। अन्तिम दिन पिङ्गलबाट डाकलुङ्गा टोलमा भित्र्याउने परम्परा छ। परम्परानुसार टोलटोलमा मच्छिन्द्रनाथ पुग्ने भएपछि स्थानीयले घरआँगनमा नै पूजा गर्ने गरेका छन्। जात्रा कहिले सुरु भयो भन्ने यकिन नभए पनि वि.सं. १६३८ मा नै मच्छिन्द्रनाथलाई (श्री आर्यवलोकेश्वर ) सुनको प्रभा चढाएको प्रमाण भने मूर्तिको प्रभा मण्डलमा कुँदिएको छ भने दाेलखा जेस्ठ नागरिक तथा दाेलखाकाे संस्कृत सम्पदा किताब लेख्क यज्ञकुमार प्रधान भनाइ अनुसार अनुसार राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर नेपाल राज्यमा खडेरी परेको थियो। किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको रिसले सम्पूर्ण नाग आफूमुनि राखी ध्यान गर्न बसेछन्। गोरखनाथलाई ध्यानबाट जगाउन गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याउनुपर्ने आवश्यकता देखियो, त्यसैले राजा नरेन्द्रदेव, आचार्य वन्धुदत्त र ज्यापू ललित तीनै जना कामरूप आसाम (भारत) गए। त्यहाँ तान्त्रिक विधिबाट मच्छिन्द्रनाथलाई सम्पर्क गरी ललित ज्यापूले बोकेर उपत्यका ल्याई बुङ्मतीमा मन्दिर बनाइराखे। मच्छिन्द्रनाथ प्रवेश भएपछि दर्शन गर्न गोरखनाथले आसन छोडेपछि नाग मुक्त भए र वर्षा भयो। यसरी वर्षाकाल देवता मच्छिन्द्रनाथको पाटनमा पनि मन्दिर बन्यो र रथ यात्रा गर्न थालियो।

शैवहरूले वर्षाका देवता लोकनाथ करुणामय आदि लोकेश्वर बुद्ध धर्मावलम्बीले बोधिसत्व अवलोकितेश्वर भनी पूजाआजा गरिने ललितपुरको रातो मच्छिन्द्रनाथ दोलखामा राजा नन्ददेव सिंहले ने.सं. ६३९ वैशाख सुदी १७ गते शुक्लपक्ष त्रयोदशी सोमबार महागुरु देव वज्राचार्यद्वारा बोलिबन्द सानी कन्याबाट बुङ्गमतीको मच्छिन्द्रनाथलाई दोलखामा ल्याएर डोकलुङ्गा टोलमा निवास बनाई राखेर जात्रा आरम्भ गरेको ताम्रपत्रमा उल्लेख छ।  भीमेश्वर नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष स्टालीन श्रेष्ठकाे भनाइ पछि दोलखाका राजा वासुदेवले मच्छिन्द्रनाथको रथ बनाउन लापिलाङका थामीलाई जग्गा गुठी राखिदिए। त्यहाँका थामीहरू हरेक साल दोलखा आई मच्छिन्द्रनाथको रथ बनाउन बाँस, चोया, डोरी र वनमालाले सजाउने व्यवस्थाका साथै रथका लागि पाङ्ग्रा, बीचको धर्मासी आदिको बन्दोबस्त गरिदिन्थे।    तिन दर्शक देखि केही आएको छैन। ……साल देखि ……साल सम्म रथ तान्ने कार्य बन्द खटमा घुमाइ आएका मच्छिन्द्रनाथ जात्रालाई कालिञ्चाेक युवा क्लबकाे सक्रियतामा पूनः रथ बनाई मच्छिन्द्रनाथ रथ यात्रा शुरु भइ आएको छ । बिगत केहि बर्ष देखि स्थानीय निकाय भीमेश्वर नगरपालिकाकाे आर्थिक सहयाेग, स्थानीय सराेकारवालाहरुकाे सहयाेगमा मच्छिन्द्रनाथको रथ बनाई नाै दिन सम्मकाे रथ यात्रा कार्य भइ आएइ रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search