Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा मच्छिन्द्रनाथको रथ यात्रा सुरु 

Advertisement

वैशाख ०२, २०८२, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ मा पर्ने  अभयपुर सहर दोलखामा रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु  हुदै  छ । गत चैत ३० गते सुरु भएको यो जात्रा  अभयपुर शहरकाे विभिन्न स्थानमा पु-याएर बैशाख ७ गते सम्पन्न हुदै छ। 

करिब छ  सय वर्षअघि सुरु भएको मानिएको यो जात्रा चैत ३० गते दूधमा स्नान गराएर सुरु  हुन्छ। दोस्रो दिन अर्थात् बैशाख १ गते पिङ्गल टोलमा रहेको रथमा रातो मच्छिन्द्रनाथको मूर्ति राख्ने परम्परा छ। यसपछि मात्रै रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ। रथ यात्रा  कुन कुन टाेलमा पुग्छ ता ? समाजसेबी श्रणकुमार प्रधानकाे  अनुसार यस पटक बैशाख २  गते रथ नक्छेबाट श्यामसन्दुर टोलसम्म लगियो भने बैशाख ३ गते टँसिचा हुँदै ४ गते माथिल्लो टोलमा रथ तानेर पु-याइएको  हुन्छ । सो दिन उकालो बाटो भएका कारण विशेष महत्वका साथ हुन्छ।

बैशाख  ५ गते रथ माथिल्लो टोलबाट दुङ्गल पु¥याइयो भने  बैशाख  ६ गते दुङ्गलबाट पुनः पिङ्गलमा ल्याइयो। अन्तिम दिन पिङ्गलबाट डाकलुङ्गा टोलमा भित्र्याउने परम्परा छ। परम्परानुसार टोलटोलमा मच्छिन्द्रनाथ पुग्ने भएपछि स्थानीयले घरआँगनमा नै पूजा गर्ने गरेका छन्। जात्रा कहिले सुरु भयो भन्ने यकिन नभए पनि वि.सं. १६३८ मा नै मच्छिन्द्रनाथलाई (श्री आर्यवलोकेश्वर ) सुनको प्रभा चढाएको प्रमाण भने मूर्तिको प्रभा मण्डलमा कुँदिएको छ भने दाेलखा जेस्ठ नागरिक तथा दाेलखाकाे संस्कृत सम्पदा किताब लेख्क यज्ञकुमार प्रधान भनाइ अनुसार अनुसार राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर नेपाल राज्यमा खडेरी परेको थियो।

किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको रिसले सम्पूर्ण नाग आफूमुनि राखी ध्यान गर्न बसेछन्। गोरखनाथलाई ध्यानबाट जगाउन गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याउनुपर्ने आवश्यकता देखियो, त्यसैले राजा नरेन्द्रदेव, आचार्य वन्धुदत्त र ज्यापू ललित तीनै जना कामरूप आसाम (भारत) गए।

त्यहाँ तान्त्रिक विधिबाट मच्छिन्द्रनाथलाई सम्पर्क गरी ललित ज्यापूले बोकेर उपत्यका ल्याई बुङ्मतीमा मन्दिर बनाइराखे। मच्छिन्द्रनाथ प्रवेश भएपछि दर्शन गर्न गोरखनाथले आसन छोडेपछि नाग मुक्त भए र वर्ष भयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search