Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सरकारद्वारा कक्षा १२ को परीक्षा सञ्चालनमा दृढता, आवश्यक परे निजामती कर्मचारी खटाइने

Advertisement

-काठमाण्डौ समाचारदाता

काठमाडौँ, वैशाख ९, २०८२— आन्दोलनरत शिक्षकहरूले परीक्षा बहिष्कार गरे पनि आगामी कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान सम्पन्न बैठकपछि परीक्षा सञ्चालनमा कुनै किसिमको सम्झौता नगर्ने स्पष्ट पार्दै, आवश्यकता परे निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिने निर्णय गरेको छ।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार बोर्डले आन्दोलनरत शिक्षकहरूलाई पुनः परीक्षामा सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको छ। “सबै शिक्षक आन्दोलनमा हुनुहुन्न। जहाँ शिक्षक उपलब्ध छन्, त्यहाँ केन्द्राध्यक्ष र निरीक्षकको जिम्मेवारी उनीहरूकै हुनेछ,” अध्यक्ष शर्माले बताए। “तर जहाँ शिक्षक उपलब्ध छैनन्, त्यहाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत विकल्प खोजेर परीक्षा सञ्चालन गरिनेछ।”

बैठकमा सहभागी एक बोर्ड सदस्यका अनुसार अधिकांश पदाधिकारीहरूले परीक्षा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। ‘निजामती कर्मचारीले लोकसेवा आयोगको जस्तो महत्त्वपूर्ण परीक्षा सञ्चालन गर्न सक्छन् भने कक्षा १२ को पनि गर्न सक्छन्,’ भन्ने धारणा बैठकमा प्रमुख रूपमा उठेको थियो।

बैठकमा जिल्ला समन्वय समितिको संयोजकका रूपमा रहेका प्रमुख जिल्ला अधिकारीहरूलाई परीक्षाको समग्र व्यवस्थापनको जिम्मेवारी दिने प्रस्तावबारे समेत छलफल भएको थियो।

बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा निर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ। यस्तोमा बोर्डको यो निर्णयले परीक्षा दिन तयारीमा रहेका विद्यार्थीहरूमा स्पष्टता ल्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search