शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

युवा संघ नेतृत्वमा कसले मार्ला बाजी ? १६ वटा संगठनमा सर्बसम्मत हुँदा युवासंघमा के होला ?

Advertisement

 

नेकपा एमालेको सबैभन्दा शसक्त भ्रातृसंगठन युवा संघ नेपाल यतिवेला अधिवेशनको अनितम तयारीमा छ । जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने महाधिवेशनले युवासंघको नयाँ नीति र नेतृत्व चयन गर्दैछ । प्रधानमनत्री तथा एमालेका अध्यष केपी शर्मा ओली संस्थापक अध्यष रहेको एमालेको यो संगठन नेता र नेतृत्व जन्माउने भट्टीका रुपमा लिइन्छ । तत्कालीन प्रजातान्त्रिक युवा संघका संस्थापक अध्यक्ष केपी ओलीले नै उद्घाटन गर्ने यो अधिवशेनकबाट नेतृत्वमा को आउला ? यसरी आउने नेतृत्व सर्वसम्मत होला कि चुनावी प्रतिस्पर्धाले तय गर्ला भनेर धेरेले चासोका साथ हेरेका छन् ।

केपी ओली, महेश बस्नेत, किरण पौडेल,निरुदेवी पाल, राजिव पहारी, रमेश पौडेल हुँदै वर्तमान अध्यक्ष क्षितिज थेवेसम्मका शसक्त र जुझारु नेता जन्माएको यो संगठनको इतिहास गौरवपूर्ण त छ नै देशभरका युवाको आकर्षण पनि उत्तिकै छ । अधिवेशन सम्मुख आइपुग्दा मुलतः अबको नेतृत्व कस्तो हुने भन्नेमा केसिन्द्रत छ । एमालेमा देखिने तहमा अहिले गुट नभएका कारण कुन गुटको या कसको नेतृत्व भन्दा पनि कस्तो नेतृत्व भन्नेमै बढी बहस हुने गरेको छ । एमालेले आफ्ना जनवर्गीय संगठनको पदाधिकारीको भद्धा आकार घटाएर छरितो पदाधिकारीसहितको केन्द्रीय टिम बनाउने निर्णय गरेयता एकदजृन बढी जनसंगठनको अधिवशेन भएर नयाँ नेतृत्व चयन भइसकेका छन् ।

एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पदाधिकारीको संख्या घटाउने निर्णय भएयता अहिलेसम्म दर्जन बढी जनसंगठनले महाधिवेशनमार्फत नेतृत्व छानिसकेका छन् । तर ती सबै संगठनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रेस चौतारी, निजामती कर्मचारी संगठन, प्रगतिशिल प्राध्यापक संघ, मानव अधिकार एलाइन्स, नेपाल उद्योग तथा व्यवसाय महासंघ, प्रेस चौतारी, प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन, रिटर्नी फेडेरेसन, लोकतान्त्रिक अपांगता संगठन, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल मुस्लिम इत्तेहाद संघ, भूमि अधिकार, श्रमिक संगठन, बुद्धिजीवी परिषद्, नेपाल उत्पीडित जातीय मुक्ति समाजको अधिवेशनसकियो । तर यी कुनै संगठनमा पनि नेतृत्व छान्न निर्वाचन भएन । सबैमा सर्वसम्मत नेतृत्व चयन भए । पोखरामा हुने निर्वाचनमा पनि यो क्रमले निरन्तरता पाउने दाबी नेताहरुले गरिरहेका छन् । नेताहरुले दाबी गरिरहे पनि युवा संघको नेतृत्वका लागि भने ५ जना भन्दा बढी प्रत्यासी देखिएका छन् ।

केपी ओली अक, एआइसम्मेलन, संगठनलाइृ चलायमान बनाउनेजस्ता गतिविधि गरेर लोकप्रिय भएको युवा संघको बर्तमान नेतृत्व यसपटक पनि दोहोरिने उद्धेश्यका साथ पोखराकमा हुने अधिवेशनको व्यवस्थापनमा होमिइसकेका छन् । युवा संघका अध्यक्ष क्षितिज थेवेको पक्षमा पुर्व अध्यक्षहरु जुटेको उनलाई रोक्न पूर्व अध्यक्षहरुनै मरिमेटेर लागि परेको जस्ता बजार हल्लाका कारण पनि थेवे यसपटक पनि चर्चाका अध्यक्षमा छन् । त्यसो त वर्तमान उपाध्यक्षहरु कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमै छन् । अध्यक्षको दौडमा बर्तमान महासचिव सुमन पुरीलाई पनि युवासंघका कार्यकर्ताले बलिया दावेदारका रुपमा हेरेका छन् । अर्को आकर्षक पद महासचिवमा हालका सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारीलगायतको ठूलो पंक्ति आकांक्षी छ ।

अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ । अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने अवस्था पनि छ । किनभने अव बन्ने केन्द्रीय कमिटी १५१ सदस्यीय मात्रै हुनेछ । केन्द्रमै भएका यतिधेरै नेतालाई बिदा गर्नुपर्ने र तल्ला कमिटीबाट वढुवा हुने आकांक्षीसमेतलाइृ मिलाएर कमिटी बनाउनुपर्ने भएकाले युवासँंघलाई यो महाधिवेशनबाट नेतृत्व चयन गर्न फलामाको चिउरा हुने निश्चित छ । पार्टीका युवा विद्यार्थी संगठनमा अधिवेशन र नेतृत्व चयनका नाममा हुने अराजक गतिविधि, खुकुरी हानाहान, कुटाकुटजस्ता गतिविधिबाट जोगिएर विवादरहित ढंगले नेतृत्व चयन गर्ने अर्को चुनौती पनि एमाले निकट युवाहरुकै काँधमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search