Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्राचिन शहर दाेलखा : भैरब कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास

Advertisement

दोलखा । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूहका जात्रा हुने गर्दछ ।

जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजारलगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ ।

भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ ।

पौराणिक किंवदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई नागदहमा भेटेपछि तान्त्रिकले देवीको रुपमा दोलखामा ल्याएका थिए । जेठी र कान्छी त्रिपुरासुन्दरीमा बसे भने माइली भने कालिन्चोक डाँडामा बसिन् ।

कान्छी चकचके स्वभाव भएकाले दिउँसो हराउने गर्थिन् । त्यही समयमा दोलखामा प्रतिदिन मानिस घटदै जान थालेपछि तान्त्रिक दाजु भाईले विचार गरी हेर्दा कान्छीले मान्छे खाने गरेको रहस्य पत्ता लगाए ।

यसलाई समाधान गर्नै पर्ने ठानी लुकामारी खेल्ने बाहाना बनाई दुवै दाजुभाई मिलेर कान्छीलाई बालकुमारीमा खाल्डो बनाई माथिबाट ढकनीले छोपी दिएछन् । खाल्डो भित्र पस्न पुगेपछि देवी डर त्रासले रोई कराई गरिन् । पछि दया लागेर उनीहरुले वर्षमा ५ दिन भैरवलाई अगाडि लगाएर मात्रबाहिर आउन शर्त राखेपछि सोही दिनदेखि ५ दिनसम्म भैरवकुमारी जात्रा निकाल्ने परम्परा सुरु भएको दाेलखाका इतिहासकार तिर्थनाराण जाेशीकाे लेखिएका पत्रपत्रिकामा लेख किताबहरूमा पाइन्छ। यसै सन्दर्भमा यश कर्षकाे भैरब कुमारी जात्राको लागि यहाँको पहल केछ भनी जानकारी लिदा यस २ नं वडाबाट भैरबकुमारी जात्रालइ ब्यबस्थित रूपमा सन्चालन गर्ने टाेलटाेलमा सडक बती ब्यबस्थापन, साथै टाेल बासिहरूलाई आ आप्ननाे टाेलमा सरसफाइ गर्ने अनुराेध गर्दै आफू साेएम भैरबकुमारी जात्रामा खटेर कार्य गर्नु भएकाे भिमेश्रर नगरपालिका का वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ भनाइ रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search