शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पूर्वमन्त्री पार्वत गुरुङको अपिल : सत्य डग्दैन, झुटो टिक्दैन–धमिलो पानीमा माछा मार्न खोज्नेहरूदेखि सचेत बनौँ

Advertisement

काठमाडौं, असाेज १० । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले हाल उत्पन्न सङ्कटपूर्ण घटनाक्रमको फाइदा लिँदै ’धमिलो पानीमा माछा मार्ने’ काम भइरहेको भन्दै सचेत रहन सबैलाई अपिल गर्नुभएको छ ।

जेन–जी आन्दोलन र त्यसपछि सिर्जित घटनाले मूलक गम्भीर अवस्थामा पुगेको जनाउँदै पूर्वमन्त्री गुरुङले यस अवस्थाको फाइदा उठाउन मुलुकका तरमाराहरू लागिपरेकोले सत्यको पक्षमा दृढतापूर्वक उभिन जरुरी रहेको पनि प्रष्ट पार्नुभएको छ ।

नेपाली चाडपर्व बडादशैँ, दीपावली, नेपाल संवत् र छठको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वमन्त्री गुरुङले भन्नुभएको छ, ‘ अहिले, देश इतिहास मै असहज र कठिन घडीमा छ । हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा होइन, बदलाको भावना र आपराधिक मानसिकताबाट प्रतिशोधपूर्ण राजनीतिक गतिविधिले देशलाई आन्तरिक द्वन्द्वमा फसाउँदै दीर्घकालीन अस्थिरतामा पुर्‍याएर असफल राष्ट्र बन्ने खतरा बढिरहेको । हाल उत्पन्न सङ्कटपूर्ण घटनाक्रमको फाइदा लिँदै ’धमिलो पानीमा माछा मार्ने’ भने झैँ सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत भ्रमपूर्ण, कपोलकल्पित, प्रायोजित, तथ्यहीन र नक्कली कथा र फेक भिडियो फोटोहरू सम्प्रेषण गरी चरित्रहत्या गर्ने समूहहरू सक्रिय छन् ।

उहाँले अगाडि थप्नुभएको छ, ‘ यसरी प्रविधिको दुरुपयोग गर्दै आपराधिक हरकतबाट समाजमा अशान्ति र अफवाह फैलाउँदै द्वन्द्व सिर्जना गर्नेहरूबाट सचेत रहनुपर्ने देखिन्छ । तसर्थ, देशको विद्यमान सङ्कटबाट विचलित नभई, उच्च मनोबलका साथ देश निर्माणमा सबै नेपाली एकताबद्ध भएर लागौँ ।’

उहाँले सत्यको सामु झुटको कुनै अर्थ नरहने र नटिक्ने उद्घोष पनि गर्नुभएको छ । ‘सत्य डक्दैन झुटो टिक्दैन भन्ने मूल आदर्शलाई अनुसरण गर्दै सदा इमानदार रहेर असल मानिस भएर बाँच्ने लक्ष्यबाट नडगमगाऔँ । जेनजी पुस्ताले अघि सारेको भ्रष्टाचारको अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा ऐक्यबद्धता जाहेर गरौँ । उक्त आन्दोलन आपराधिक तत्त्वहरूको घुसपैठका कारण इतिहासमै नबिर्सने गरी कलङ्कित घट्नाबाट पाठ सिक्दै जेन जी पुस्ताहरू सचेत ढङ्गबाट अगाडि बढ्नुपर्ने जरुरी छ,’ पूर्वमन्त्री गुरुङले भन्नुभएको छ ।

अपिलको पूर्णपाठ
आदरणीय बुबा आमा तथा दाजुभाइ दिदीबहिनीहरू,
प्रिय जेन–जी युवा साथीहरू,

मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनु हुनेप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। शोकमा रहनुभएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

अहिले, देश इतिहास मै असहज र कठिन घडीमा छ । हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा होइन, बदलाको भावना र आपराधिक मानसिकताबाट प्रतिशोधपूर्ण राजनीतिक गतिविधिले देशलाई आन्तरिक द्वन्द्वमा फसाउँदै दीर्घकालीन अस्थिरतामा पुर्‍याएर असफल राष्ट्र बन्ने खतरा बढिरहेको । हाल उत्पन्न सङ्कटपूर्ण घटनाक्रमको फाइदा लिँदै ’धमिलो पानीमा माछा मार्ने’ भने झैँ सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत भ्रमपूर्ण, कपोलकल्पित, प्रायोजित, तथ्यहीन र नक्कली कथा र फेक भिडियो फोटोहरू सम्प्रेषण गरी चरित्रहत्या गर्ने समूहहरू सक्रिय छन् । यसरी प्रविधिको दुरुपयोग गर्दै आपराधिक हरकतबाट समाजमा अशान्ति र अफवाह फैलाउँदै द्वन्द्व सिर्जना गर्नेहरूबाट सचेत रहनुपर्ने देखिन्छ । तसर्थ, देशको विद्यमान सङ्कटबाट विचलित नभई, उच्च मनोबलका साथ देश निर्माणमा सबै नेपाली एकताबद्ध भएर लागौँ ।

अन्त्यमा, ’सत्य डक्दैन झुटो टिक्दैन’ भन्ने मूल आदर्शलाई अनुसरण गर्दै सदा इमानदार रहेर असल मानिस भएर बाँच्ने लक्ष्यबाट नडगमगाऔँ । जेनजी पुस्ताले अघि सारेको भ्रष्टाचारको अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा ऐक्यबद्धता जाहेर गरौँ । उक्त आन्दोलन आपराधिक तत्त्वहरूको घुसपैठका कारण इतिहासमै नबिर्सने गरी कलङ्कित घट्नाबाट पाठ सिक्दै जेन जी पुस्ताहरू सचेत ढङ्गबाट अगाडि बढ्नुपर्ने जरुरी छ ।

यस्तो दुखद र पीडादायी घट्नाको बिचमा आएको नेपालीहरूको विशेष चाडपर्व दशैँ, तिहार, नेपाल संवत् र छठको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि र सुशासनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

वन संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : दोलखामा पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न। महेन्द्र श्रेष्ठ दोलखा,...
आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन। महेन्द्र श्रेष्ठ दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search