Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वणारसी सहयोगी हातहरुको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन भव्यताका साथ सम्पन्

Advertisement

महेन्द्र श्रेष्ठ /काठमाडौं । “सुखमा होइन, दु:खमा मिल्ने सच्चा साथी हौं” भन्ने मूल नारासहित स्थापित वणारसी सहयोगी हातहरु संस्थाको १२औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन राजधानी काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको थियो। साधारण सभामा संस्थाले अघिल्ला वर्षका आर्थिक तथा कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक समीक्षा र आगामी योजना प्रस्तुत गरेको थियो।

त्यस अवसरमा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित अध्यक्ष दिलिप श्रेष्ठको नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छः

नयाँ कार्यसमिति

अध्यक्ष : दिलिप श्रेष्ठ

उपाध्यक्ष : बाबाराजा श्रेष्ठ

सचिव : रेणुका श्रेष्ठ

सह–सचिव : रामचन्द्र श्रेष्ठ

कोषाध्यक्ष : विनु श्रेष्ठ

सदस्य : सिताराम श्रेष्ठ

सदस्य : सानुकान्छा श्रेष्ठ

सदस्य : कृष्ण नारायण श्रेष्ठ

सदस्य : रन्जिता श्रेष्ठ

नव–निर्वाचित अध्यक्ष दिलिप श्रेष्ठले पदभार ग्रहण गर्दै संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले वणारसी सहयोगी हातहरुको उद्देश्य विपद्, दुःख र कठिन समयमा एक–अर्कालाई साथ दिने सामाजिक भावना भएकाले यसको दायरा अझ विस्तार गर्ने योजनाको पनि उल्लेख गर्नुभयो।

कार्यक्रमका सहभागीले संस्थाको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

साधारण सभा अन्त्यमा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search