Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा प्रशासनको आदेश : दिपावलीमा पटका, मदिरा र भीडभाड निषेध

Advertisement

महेन्द्र श्रेष्ठ दोलखा, २७ कात्तिक — दिपावली तथा नेपाल संवत् ११४६ र छठ पर्वलाई लक्षित गरी दोलखा जिल्ला प्रशासन कार्यालयले सुरक्षात्मक आदेश जारी गरेको छ। चाडपर्वको समयमा शान्ति, सुव्यवस्था र जनसुरक्षा कायम राख्न भन्दै प्रशासनले के गर्न पाइने र के नगर्नु भन्ने विषयमा विस्तृत सूचना सार्वजनिक गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले हस्ताक्षर गरेको सूचनामा दिपावलीका अवसरमा पटका, बम, आतसबाजी, फटाका, विस्फोटक पदार्थको उत्पादन, बिक्री वितरण र प्रयोग पूर्णरूपमा निषेध गरिएको उल्लेख छ। यस्ता वस्तु उत्पादन गर्ने, बिक्री गर्ने वा प्रयोग गर्ने पाइएमा कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

त्यसैगरी, देउसी–भैलो खेल्ने कार्यलाई परम्परागत ढंगले मर्यादित रूपमा गर्न अनुरोध गरिएको छ। सार्वजनिक सडक, सरकारी तथा सामुदायिक स्थानमा साउन्ड सिस्टम, डीजे वा उच्च आवाजमा संगीत बजाउने कार्य नगर्न समेत आग्रह गरिएको छ।

प्रशासनले विशेष गरी मदिरा सेवन गरी होहल्ला मच्चाउने, झैझगडा गर्ने वा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि पूर्णरूपमा निषेध गरेको छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, दिपावलीमा बल्ने विभिन्न प्रकारका बिजुलीका बल्ब, सोलार लाइट तथा अन्य सजावटी सामग्री प्रयोग गर्दा विद्युत् सुरक्षामा ध्यान दिन र आगलागी हुनसक्ने जोखिम कम गर्न सावधानी अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले भनिएको छ —

 “पर्वहरू हाम्रो साझा संस्कृतिको प्रतीक हुन्, तसर्थ सबैले मर्यादित, सभ्य र सुरक्षित ढंगले दिपावली मनाऔं।”

सूचनाको अन्त्यमा प्रशासनले जिल्लावासी सबैलाई कानूनको पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search