Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् १४४६ तथा छठ पर्व २०८२ को अवसरमा “भेटघाट तथा चियापान कार्यक्रम” भव्य रूपमा सम्पन्न

Advertisement

दोलखा / चरिकोट – बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीको आयोजनामा नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् १४४६ तथा छठ पर्व २०८२ को अवसरमा “भेटघाट तथा चियापान कार्यक्रम” दोलखाको चरिकोटस्थित होटल दरबारमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, पत्रकार तथा बुद्धिजीवी वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आपसी सद्भाव, मेलमिलाप र भाईचारा सुदृढ पार्न यस्ता कार्यक्रमहरू निकै उपयोगी हुने बताएका थिए।

 

मन्त्री भरत बहादुर केसीले कार्यक्रममा बोल्दै नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै हाम्रो शक्ति भएको बताउनुभयो। उहाँले तिहार, नेपाल संवत् र छठ पर्वले सम्पूर्ण नेपालीबीच प्रेम, सहअस्तित्व र समृद्धिको सन्देश दिएको उल्लेख गर्नुभयो। उहाँको भनाइमा—

 

“हामी सबै नेपाली एकआपसमा मिलेर अघि बढ्दा मात्र देशको विकास सम्भव छ। अब काम गर्ने बेला हो, कुरा गर्ने होइन। देश र जनताको हितका लागि सच्चा देशभक्तहरूले हातेमालो गर्न जरुरी छ।”

 

कार्यक्रममा स्थानीय वक्ताहरूले मन्त्री केसीको नेतृत्वमा प्रदेशमा वातावरणीय संरक्षण, हरियाली विस्तार र पर्यटन प्रवर्द्धनका क्षेत्रमा भएका कार्यको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरे।

 

यसै अवसरमा उपस्थित सहभागीहरूले हाल देशमा देखिएका राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको विषयमा पनि छलफल गर्दै देशभक्त नेतृत्वको आवश्यकता औंल्याएका थिए। उपस्थित एक अतिथिले भने—

 

जेयनजी जस्ता इमानदार नेताहरूले देशको लागि सोचिरहेका बेला अरूले देश सकाइदिए। अब नयाँ सोचका नेताको समर्थन गर्नु हाम्रो कर्तव्य हो।”

 

भेटघाट तथा चियापान कार्यक्रमको अन्त्यमा सहभागीहरूले एक–अर्कालाई पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी मित्रता र सहकार्य सुदृढ गर्ने प्रतिज्ञा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search