Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

Advertisement

दोलखा / भीमेश्वर – बालकुमारी महिला कृषक सहकारी संस्था लि., भीमेश्वर नगरपालिका–२ दोलखाको १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष लिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सहकारी संस्थाहरू गाउँ र समाजको आर्थिक सबलीकरणका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सहकारीले महिला सशक्तिकरण, आत्मनिर्भरता र समुदायमा आर्थिक क्रियाकलापलाई विस्तार गर्न ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो। साथै, उहाँले पारदर्शी, उत्तरदायी र उद्देश्यपूर्ण रूपमा सहकारी सञ्चालन गर्न सबै सदस्यहरूलाई आग्रह गर्नुभयो।

सो अवसरमा कोषाध्यक्ष लंका प्यारी जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको हालसम्मको आर्थिक स्थिति सन्तोषजनक रहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा संस्थाले १ करोड ७५ लाख रुपैयाँको कारोबार गरेको जानकारी दिनुभयो।

त्यसैगरी, सचिव बिनु श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगत वर्षमा गरेको गतिविधि, सदस्य विस्तार, ऋण तथा बचत कार्यक्रमका विवरण प्रस्तुत गर्नुभयो। उहाँले सहकारीका सदस्यहरूबीच सहकार्य, अनुशासन र पारदर्शिताको संस्कृतिलाई अझै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा शेयर सदस्यहरूलाई जीवन बिज्ञन  तथा सम्धी  सहकारी सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो। साथै, सहकारीमा सुरुदेखि सक्रिय योगदान पु-याउँदै आएका ३ जना वरिष्ठ शेयर सदस्यहरूलाई सम्मान गरी कदर गरिएको थियो।

 

कार्यक्रममा सहकारीका सदस्य, स्थानीय समाजसेवी, कृषक, सञ्चारकर्मी र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बालकुमारी महिला कृषक सहकारीले महिलाहरूको आर्थिक सशक्तिकरण, सीप विकास तथा कृषिमा आत्मनिर्भरता ल्याउने उद्देश्यसहित निरन्तर क्रियाशील रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search