Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा राष्ट्रपतिज्यूको क्षमा–पूजा सम्पन्न

Advertisement

राष्ट्रमा अनिष्टपछि भीमेश्वर मन्दिरमा सम्पन्न भयो पवित्र क्षमा–पूजा

महेन्द्र श्रेष्ठ

दोलखा — हालै देशमा देखिएका अनिष्ट घटनाहरू र नकारात्मक परिस्थितिको शान्ति, स्थायित्व र कल्याणको कामना गर्दै दोलखाको ऐतिहासिक भीमेश्वर मन्दिरमा राष्ट्रपति कार्यालयका तर्फबाट विशेष क्षमा–पूजा सम्पन्न गरिएको छ।

यस पवित्र अवसरमा दोलखाको पवित्र भूमिमा आस्था, संस्कार र राष्ट्रिय परम्पराको अद्भुत संगम देखिएको थियो।

क्षमा–पूजाको कार्यक्रममा राष्ट्रपति कार्यालयका सोकीय सहसचिव सुसिल तिमिल्सेना, कार्यालय तर्फबाट उपसचिव इश्वरी प्रसाद पाण्डे, कुमारी घर तर्फबाट गुरु गौतम शाक्य, दोलखा जिल्ला प्रमुख भोला दाहाल, जिल्ला प्रहरी प्रमुख, गण प्रमुख, शस्त्र प्रमुख, भीमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठ, कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठ, सल्लाहकार तथा युवा समाजसेवी ज्ञानेन्द्र प्रधान, साथै भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रपतिज्यूद्वारा गरिएको पूजाको प्रसाद मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले औपचारिक रूपमा ग्रहण गर्नुभयो। साथै, मन्दिरको महा–प्रसाद पनि अध्यक्ष भरत बहादुर श्रेष्ठ, सचिव राजेन्द्र नारायण श्रेष्ठ तथा सम्पूर्ण मन्दिर परिवारको तर्फबाट राष्ट्रपति कार्यालयमा पठाइएको छ।

भीमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनुभयो,

 “राष्ट्रका सर्वोच्च निकायबाट परम्परा र आस्थाप्रति यस्तो श्रद्धा प्रकट हुनु सम्पूर्ण नेपालीका लागि गौरवको कुरा हो। दोलखा सदैव राष्ट्रिय शान्ति, समृद्धि र सद्भावको प्रार्थनास्थल बनेको छ।”

 

त्यस्तै वडा अध्यक्ष स्टालिन श्रेष्ठले पूजाजस्तो धार्मिक तथा सांस्कृतिक कार्यले समाजमा एकता, आत्मबल र धार्मिक चेतना अभिवृद्धि गर्ने बताउनुभयो।

क्षमा–पूजामा सहभागी अतिथिहरूले राष्ट्रको शान्ति, स्थायित्व र समृद्धिको कामना गर्दै भगवान भीमेश्वरको जयघोष गरेका थिए।

✨ धर्म, परम्परा र राष्ट्रिय गौरवको प्रतीक — दोलखामा राष्ट्रपतिज्यूको क्षमा पूजा सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search