Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वर्षाको मारमा दोलखाका किसान, पाकेको धानबालीमा क्षति

Advertisement

दोलखा । लगातार परिरहेको असमयको वर्षाका कारण दोलखासहितका विभिन्न जिल्लाका किसानहरू चिन्तित बनेका छन्। धान पाकेर थन्क्याउने तयारीमा रहेका बेला परेको वर्षाले किसानहरूको मेहनतमा पानी फेरिदिएको छ।

धानको बालामा वर्षाको पानी पसेपछि काट्न नसकिएको र खेतमै भिज्दा अन्न कुहिने, अंकुराउने र उत्पादनमा ठूलो ह्रास हुने खतरा देखिएको किसानहरूले बताएका छन्। दोलखाका धेरै गाउँहरूमा खेतमा पानी जम्दा धान काट्ने काम रोकिएको छ भने केही स्थानमा भिजेका बालाहरू कुहिन थालेका छन्।

स्थानीय किसानहरूका अनुसार यस वर्ष खेतमा धान राम्रो फलाएको भए पनि असमयको वर्षाले उत्पादनमा ठूलो क्षति पुर्‍याउने सम्भावना देखिएको छ। समयमै धान काट्न नपाउँदा परिवारको वर्षभरको आशा र श्रम संकटमा परेको उनीहरूको भनाइ छ।

कृषि प्राविधिकहरूका अनुसार यो समयमा परेको वर्षा विशेष गरी मध्य र उच्च पहाडी भेगका धानबालीका लागि अत्यन्तै हानिकारक हुने बताइएको छ। वर्षा रोकिएपछि तत्काल खेत सुकाएर काट्ने तयारीमा किसान जुटेका छन्।

प्राधन सम्पादक महेन्द्र श्रेष्ठ ,दोलखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search