Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा

Advertisement

दोलखामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रतिबद्धता — शान्ति, सुव्यवस्था र सुशासन प्राथमिकतामा

दोलखा, मङ्सिर १९ — हालै महोत्तरी जिल्लाबाट सरुवा भई दोलखा आइपुग्नुभएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद रिसालले जिल्लामा शान्ति, सुव्यवस्था, सुशासन र अपराध न्यूनीकरणलाई मुख्य कार्यसूची बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

आज दोलखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ रिसालले जिल्लाको सामाजिक शान्ति, सुव्यवस्था कायम गर्नु, सुशासन प्रवर्द्धन गर्नु र अपराधका घटना न्यून पार्नु आफ्नो पहिलो दायित्व हुने बताउनुभयो। उहाँले थप्नुभयो, “प्रशासन जनताको सेवा गर्ने निकाय हो, त्यसैले नागरिकमैत्री सेवा र पारदर्शिता कायम गर्दै सबै निकायबीच सहकार्यमा अघि बढ्नेछौं।”

उहाँले विपद् व्यवस्थापनका लागि पनि पूर्व तयारी र समन्वयलाई मजबुत बनाउने, जोखिम क्षेत्र पहिचान गरी आवश्यक योजना बनाउन लाग्ने जानकारी दिनुभयो। दोलखाको भौगोलिक अवस्था र प्राकृतिक जोखिमका कारण विपद् व्यवस्थापन सधैं चुनौतीपूर्ण हुने भन्दै उहाँले स्थानीय तह र सरोकारवालासँग मिलेर सुरक्षित र सजग जिल्ला बनाउने लक्ष्य राखेको बताउनुभयो।

पत्रकार भेटघाट कार्यक्रममा सहभागी स्थानीय सञ्चारकर्मीहरूले जिल्लामा हुने प्रशासनिक सेवामा अझ प्रभावकारिता ल्याउन, नागरिकको पहुँच सहज बनाउन र सूचना प्रवाहलाई सशक्त बनाउन सुझाव दिएका थिए।

प्रमुख जिल्ला अधिकारी रिसालले पत्रकार र प्रशासनबीच सहकार्य र संवादका माध्यमबाट सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै जिल्लाको विकास, सुशासन र सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

दोलखामा नयाँ जिम्मेवारीसहित कार्यभार सम्हाल्नुभएका रिसालको आगमनले प्रशासनिक सक्रियता र जनसेवामा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search