Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

Advertisement

नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं २ कमिटीको आयोजनामा एक विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा नेकपा (एमाले) केन्द्रीय पोलिटब्यूरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ उपस्थित हुनु भएको थियो। साथै बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री भरत बहादुर केशी विशेष अतिथि, अतिथि स्टालिन श्रेष्ठ, जिल्ला सदस्य ज्ञानेन्द्र प्रधान, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेललगायतका नेतागण, जनप्रतिनिधि, शुभचिन्तक र स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्वत गुरुङले आफ्नो राजनीतिक यात्रा टोल कमिटीबाट सुरु भएको स्मरण गर्दै संगठनभित्र प्रत्येक कार्यकर्ताको भूमिका नै पार्टीको बल र अस्तित्व हो भनेर जोड दिनुभयो। उहाँले संगठन सुदृढीकरणका लागि सबै तहका कार्यकर्ताहरूले एकता, अनुशासन र प्रतिबद्धताको साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि तथा बागमती प्रदेशका बन तथा बाताबरण मन्त्री भरत बहादुर केशीले आफू भीमेश्वर नगरपालिकाको मेयर हुँदा गरेको विकासमूलक कार्यहरू स्मरण गर्दै पार्टीका तल्लो तहदेखि माथिसम्मका संरचनाहरूले निरन्तर जनसेवामा समर्पित रहनुपर्ने धारणा राख्नुभयो। उहाँले एमाले पार्टीले सदैव जनताको भरोसा जित्दै विकास र सुशासनको बाटोमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

वडा कमिटी अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठले सन् २०७४ सालदेखि वडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकाे र पछिल्लो समय स्वास्थ्य समस्याका कारण कार्यवाहक रूपमा शान्त श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएको जानकारी दिनुभयो। उहाँले पार्टीको संगठनात्मक निरन्तरता र कार्यकर्ताबीचको समन्वय नै स्थानीय स्तरमा एमालेको बलियो उपस्थिति हुने कारण भएको बताउनुभयो।

त्यसैगरी वडा अध्यक्षले २०५४ सालदेखि नै वडा कमिटीमा सक्रिय रूपमा कार्यरत रहँदै आएकाे बताउँदै पार्टीप्रतिको निष्ठा, प्रतिबद्धता र संगठनप्रतिको लगावले नै आजसम्म आफूहरूलाई अघि बढाएको भावना व्यक्त गर्नुभयो।

कार्यक्रमका अर्का वक्ता जिल्ला कमिटी सदस्य एवं सचिवालय सदस्य ज्ञानेन्द्र प्रधानले भेटघाट कार्यक्रमको उद्देश्य र दोलखामा एमाले संगठनको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिनुभयो। उहाँले पार्टीलाई जनस्तरसम्म पुर्‍याउन प्रत्येक कार्यकर्ता सचेत, सक्रिय र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमले भीमेश्वर नगरपालिका वडा नं २ मा पार्टी कार्यकर्ताबीचको आपसी एकता, अनुभव आदान–प्रदान र संगठन सुदृढीकरणमा नयाँ ऊर्जा भरेको सहभागीहरूले बताएका छन्।

अन्त्यमा वडा कमिटीले सबै अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरी संगठनात्मक बल विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search