शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमालेद्वारा काठमाडौंमा विशाल जनसभा : प्रतिगामी कदमविरुद्ध जनपरिचालनको पहिलो चरण आज समापन

Advertisement

एमालेद्वारा काठमाडौंमा विशाल जनसभा : प्रतिगामी कदमविरुद्ध जनपरिचालनको पहिलो चरण आज समापन

काठमाडौं– नेकपा एमालेले प्रतिगामी प्रवृत्तिहरू र असंवैधानिक कदमविरुद्ध सञ्चालन गर्दै आएको ‘जनपरिचालन कार्यक्रम’ अन्तर्गत आज काठमाडौंमा विशाल जनसभाको आयोजना गरेको छ।

भदौ २३ र २४ गतेका घटनापछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा गरिएको भन्दै एमालेले कात्तिक २२ गतेदेखि देशव्यापी जनपरिचालन अभियान सुरु गरेको थियो। सोही अभियानलाई जोड दिन काठमाडौंमा आयोजना भएको आजको जनसभाको प्रमुख एजेन्डा प्रतिनिधिसभा पुनःस्थापना नै रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

गौतमका अनुसार, पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटीमण्डपमा हुने छ। विभिन्न जनसंगठन, पार्टी समितिहरू तथा सम्पर्क समन्वय इकाईका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा भेला हुनेछ। त्यसपछि र्याली रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर बृहत् आमसभामा परिणत हुनेछ। जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसअघि, गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले देशभर जनस्तरमा राजनीतिक सचेतना र प्रतिगमनविरुद्ध प्रतिरोध सशक्त बनाउनका लागि बहुपर्यायी जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार कात्तिक २२ गते देशका सबै वडामा वडा-भेला सम्पन्न गरिएको थियो। कात्तिक २५ गते स्थानीय तहहरूमा पालिकास्तरीय र्याली सञ्चालन गरियो भने कात्तिक २९ गते सबै जिल्लाहरूमा जिल्ला स्तरीय जनसभा सम्पन्न भइसकेका छन्।

‘आजको कार्यक्रमसँगै जनपरिचालन अभियानको पहिलो चरण समापन हुनेछ,’ गौतमले भन्नुभयो, ‘दोस्रो चरणका गतिविधि मंसिर २७ गते काठमाडौंमा आयोजना हुने ११औं महाधिवेशन उद्घाटन समारोहका क्रममा हुने विशाल जनसभाबाट प्रारम्भ हुनेछ।’

एमालेले देशका विभिन्न जिल्ला तथा स्थानीय तहका संगठनहरूले आवश्यकताअनुसार प्रतिगामी गतिविधिमाथि प्रतिरोध जनाउने स्वतन्त्र कार्यक्रमहरू सञ्चालन गर्न सक्ने समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search