Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर–२ को नयाँ वडा भवन उद्घाटन : “पुरानो शैली, पुरानै इतिहासको सुगन्ध”

Advertisement

दोलखा, मंसिर २३।

भीमेश्वर नगरपालिका–२ ले आफ्नो नयाँ वडा कार्यालय भवन सार्वजनिक रूपमा उद्घाटन गर्न लागेको छ। आगामी मंसिर २५ गते हुने उद्घाटन कार्यक्रममा नगर प्रमुख ईश्वर नारायण मानन्धर र नगर उप–प्रमुख कमला बस्नेत लगायत स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ।

विशेष कुरा के छ भने, नयाँ भवन त आधुनिक सेवासुविधासहित बनेको भए पनि, यसको उद्घाटन पुरानै वडा कार्यालय रहेको ऐतिहासिक स्थानमै गरिँदैछ। पुरानो ठाउँ, पुरानै वातावरण र समुदायको लामो इतिहास बोकेको स्थानमा कार्यक्रम राखिएको भन्दै वडा अध्यक्ष स्टालिन श्रेष्ठले यसलाई “हाम्रो पहिचान र इतिहासलाई सम्मान गर्ने प्रयास” भनेका छन्।

श्रेष्ठले पुरानो शैलीमा आफ्नो भनाइ राख्दै समुदायलाई एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्दै भने—

“हाम्रो इतिहास यही ठाउँमै लेखिएको हो। यो ठाउँमा बसेर नै हामीले धेरै योजना बनायौँ, विकासका सपना बुनेर अघि बढ्यौँ। नयाँ भवन बने पनि हाम्रो भावनात्मक जरा यही पुरानो वडामा छ।”

उहाले नयाँ संरचना सेवा प्रवाहका लागि सुविधा सम्पन्न भए पनि पुरानो भवन रहेको स्थान नै स्थानीय स्मृति र सांस्कृतिक निरन्तरता बोकेको बताए।

स्थानीयवासीले पनि पुरानो स्थानमै आयोजना गरिएको उद्घाटनले “समुदायको इतिहासप्रतिको सम्मान” झल्किएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search