Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

निर्वाचन सफल बनाउन लाग्छौँ : दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरे

Advertisement

निर्वाचन सफल बनाउन लाग्छौँ : दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरे

प्रधान सम्पादक  महेन्द्र श्रेष्ठ

दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरेले आउँदै गरेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय दोलखा पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभएको छ। पत्रकारहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउनु राज्य संयन्त्र मात्र होइन, सम्पूर्ण नागरिक, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार निर्वाचनको सम्पूर्ण प्रक्रियामा शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान निकायसँग प्रभावकारी समन्वय गरिएको छ। मतदान केन्द्रदेखि मतपेटिका ढुवानी र मतगणनासम्म कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था कडा बनाइने उहाँले जानकारी दिनुभयो। मतदाताले निर्भीक र सुरक्षित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नु प्रशासनको पहिलो प्राथमिकता रहेको पनि उहाँको भनाइ थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्वाचन आचारसंहिता पालना गर्नु सबै पक्षको दायित्व भएको उल्लेख गर्दै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा आम नागरिकलाई जिम्मेवार र मर्यादित भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। आचारसंहिता उल्लङ्घनका घटना भएमा कानुनअनुसार निष्पक्ष कारबाही हुने स्पष्ट सन्देश पनि उहाँले दिनुभयो।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष प्रभु जिरेल, बरिष्ठ पत्रकार लक्ष्मण श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठ, पत्रकार बाबुराम शर्मा, दिल सागर पौरेल, फुर्वा तामाङ, अबिरल बस्नेतल गायत दोलखाका विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले दोलखाको भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक परिचय प्रस्तुत गर्नुका साथै जिल्लाको समग्र अवस्थाबारे विस्तृत ब्रीफिङ गरेका थिए।

छलफलका क्रममा दोलखाको संवेदनशील भौगोलिक अवस्था, दुर्गम बस्ती, यातायात र सञ्चार पहुँच, विगतका निर्वाचन अनुभव तथा सम्भावित चुनौतीहरूबारे समेत चर्चा गरिएको थियो। पत्रकारहरूले निर्वाचनलाई सफल बनाउन सूचना प्रवाह, तथ्यपरक समाचार सम्प्रेषण र अफवाह नियन्त्रणमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने सुझाव दिएका थिए।

प्रमुख जिल्ला अधिकारी घिमिरेले सञ्चारकर्मीहरूको सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै निर्वाचन अवधिभर प्रशासन र सञ्चारमाध्यमबीच निरन्तर समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। “सही सूचना प्रवाह र जिम्मेवार पत्रकारिताले निर्वाचनलाई अझ विश्वसनीय बनाउँछ,” उहाँले भन्नुभयो।

अन्त्यमा, प्रमुख जिल्ला अधिकारी घिमिरेले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन प्रत्येक मतदाताले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिँदै शान्ति, सद्भाव र अनुशासन कायम राख्दै निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search