Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रदेश वन ऐन संशोधनबारे हेटौँडामा प्रदेशस्तरीय सरोकारवालाबीच छलफल

Advertisement

प्रदेश वन ऐन संशोधनबारे हेटौँडामा प्रदेशस्तरीय सरोकारवालाबीच छलफल

हेटौँडा — प्रदेश वन ऐन संशोधनका लागि गठित कार्यदल र बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा आयोजित उक्त कार्यक्रममा प्रदेश वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भरत केसी तथा प्रदेश वन सचिव डा. केदार बरालको विशेष उपस्थिति रहेको थियो।

छलफल कार्यक्रममा प्रदेश वन ऐनलाई समयसापेक्ष, व्यवहारिक र समुदायमैत्री बनाउने उद्देश्यले प्रस्तावित संशोधनका विषयमा विस्तृत छलफल गरिएको थियो। वन संरक्षण, दिगो व्यवस्थापन, वातावरणीय सन्तुलन तथा सामुदायिक वनको अधिकार र भूमिकाबारे सरोकारवालाहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा सामुदायिक वन अभियन्ता भोला खत्रीवडाले सामुदायिक वन आन्दोलनले वन संरक्षण र स्थानीय जनजीवनमा पुर्‍याएको योगदानको चर्चा गर्दै ऐन संशोधनले समुदायको सहभागिता र अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी बागमती प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष विनोद सापकोटाले नीति निर्माण प्रक्रियामा समुदायको अनुभव र आवश्यकता समेटिनु अपरिहार्य रहेको बताउँदै दिगो वन व्यवस्थापनका लागि स्पष्ट र कार्यान्वयनयोग्य कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे।

माननीय मन्त्री भरत केसीले प्रदेश वन ऐन संशोधन गर्दा सबै सरोकारवालाको सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरिने प्रतिबद्धता व्यक्त गर्दै वन संरक्षण र वातावरणीय सन्तुलनसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिने बताए। प्रदेश वन सचिव डा. केदार बरालले ऐन संशोधनलाई व्यवहारिक र प्रभावकारी बनाउन सरोकारवालासँग निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे।

छलफल कार्यक्रमले प्रदेश वन ऐन संशोधन प्रक्रियालाई थप समावेशी र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search