Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

दोलखा, माघ १३ — भीमेश्वर नगरपालिका सभाहलमा क्षयरोग तथा एचआईभी/एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनप्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा आयोजना गरिएको हो।

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढा मगरको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यकर्मी तथा सरोकारवाला गरी ५३ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा नेपाल क्षयरोग निवारण संस्था, दोलखा जिल्ला शाखाका अध्यक्ष हर्कबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको परिचय, उद्देश्य तथा जिल्लामा क्षयरोग नियन्त्रणका लागि संस्थाले गर्दै आएको गतिविधिबारे जानकारी गराउनुभयो।

प्राविधिक सत्रअन्तर्गत जनस्वास्थ्य अधिकृत उरुषा शाक्यले एचआईभी/एड्सको अवस्था, उपचार प्रक्रिया तथा यससँग सम्बन्धित सामाजिक लान्छना र भेदभाव न्यूनीकरणका उपायहरूबारे प्रस्तुति दिनुभयो। यस्तै जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले क्षयरोगको अवस्था, रोकथाम तथा उपचारसँगै रोगीप्रति हुने विभेद अन्त्य गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा वक्ताहरूले क्षयरोग तथा एचआईभी/एड्स जस्ता रोगको प्रभावकारी नियन्त्रणका लागि चिकित्सकीय उपचारसँगै सामाजिक चेतना अभिवृद्धि अनिवार्य रहेको उल्लेख गर्दै रोगीप्रति हुने लान्छना र भेदभाव अन्त्य गर्न राज्य, समुदाय, सञ्चारमाध्यम र नागरिक सबैको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष दिलेन्द्र बुढा मगरले यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले रोग नियन्त्रण र सामाजिक दृष्टिकोण परिवर्तनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन भीमेश्वर नगरपालिका जनस्वास्थ्य निरीक्षक मनोज लोप्चनले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search