Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

संघको अध्यक्ष बन्दै महाराज गुरुङ, क्षितिज थेबेले आजै नेतृत्व हस्तान्तरण गर्दै

Advertisement

संघको अध्यक्ष बन्दै महाराज गुरुङ, क्षितिज थेबेले आजै नेतृत्व हस्तान्तरण गर्दै

महेन्द्र श्रेष्ठ

दोलखा — दोलखाली युवा समाजसेवी तथा संगठित युवा आन्दोलनमा सक्रिय रहँदै आएका महाराज गुरुङ आज नेपाल युवा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। हालसम्म केन्द्रीय अध्यक्षको भूमिकामा रहनु भएका क्षितिज थेबेले आजै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

दोलखाबाट राष्ट्रिय राजनीतिसम्म सशक्त उपस्थिति जनाउँदै आएका महाराज गुरुङको नेतृत्वमा नेपाल युवा संघले नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ प्रतिबद्धतासहित अघि बढ्ने अपेक्षा गरिएको छ। लामो समयदेखि युवाको हक–हित, सामाजिक न्याय, राष्ट्र निर्माण र संगठन सुदृढीकरणमा क्रियाशील गुरुङ युवामाझ लोकप्रिय तथा भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ।

आज आयोजना गरिएको विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष क्षितिज थेबेले आफ्नो कार्यकालको अनुभव, उपलब्धि र चुनौतीहरू साझा गर्दै संगठनलाई थप बलियो बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिनुहुनेछ। थेबेले नेतृत्व हस्तान्तरणलाई संगठनभित्रको लोकतान्त्रिक अभ्यास र निरन्तरताको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ।

नव–निर्वाचित केन्द्रीय अध्यक्ष महाराज गुरुङले युवालाई राष्ट्र परिवर्तनको मुख्य शक्ति बनाउँदै संगठनलाई अझ अनुशासित, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले युवाको रोजगारी, शिक्षा, सीप विकास, उद्यमशीलता र राष्ट्रप्रेमलाई केन्द्रमा राखेर युवा संघलाई सशक्त अभियानको रूपमा अघि बढाइने बताउनुभएको छ।

दोलखाबाट उदाएका गुरुङको केन्द्रीय नेतृत्वमा आगमनलाई दोलखाली युवाहरूले गौरवका रूपमा लिएका छन्। जिल्लाभरि खुशी र उत्साहको वातावरण देखिएको छ भने सामाजिक सञ्जालमार्फत शुभकामना र समर्थनका सन्देशहरू आइरहेका छन्।

नेपाल युवा संघको केन्द्रीय नेतृत्वमा आएको यो परिवर्तनले संगठनलाई थप मजबुत बनाउँदै राष्ट्रिय राजनीतिमा युवाको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search