Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण

Advertisement

दोलखा, माघ २९

महेन्द्र श्रेष्ठ

भीमेश्वर नगरपालिका–२, दोलखास्थित स्वास्थ्य चौकीद्वारा आर्थिक वर्ष २०८२/०८३ को वडा बजेटअन्तर्गत महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई प्रोत्साहन स्वरूप ओभानचुलो वितरण कार्यक्रम सम्पन्न भएको छ।

आज माघ २९ गते एक औपचारिक समारोहबीच स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका ९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई ओभानचुलो वितरण गरिएको हो। कार्यक्रम भीमेश्वर नगरपालिकाकी उप–प्रमुख कमला बस्नेतज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै उप–प्रमुख बस्नेतज्यूले महिला स्वास्थ्य स्वयंसेवीकाहरू स्थानीय तहको स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै समुदायस्तरमा मातृ तथा शिशु स्वास्थ्य, पोषण, सरसफाइ र जनचेतनाका क्षेत्रमा उहाँहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नगरपालिकाले स्वयंसेवीहरूको क्षमता अभिवृद्धि र प्रोत्साहनमा निरन्तर ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका प्रतिनिधिहरूले महिला स्वास्थ्य स्वयंसेवीकाहरूको निस्वार्थ सेवा र समर्पणका कारण नै समुदायको स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै धन्यवाद व्यक्त गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेवीकाहरूको मनोबल उच्च बनाउनुका साथै स्थानीय तहमा स्वास्थ्य सेवाको प्रभावकारिता अझ मजबुत हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search