Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Advertisement

दोलखामा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोलखा — जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा तथा तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा तामाकोशी गाउँपालिका–४ मालुस्थित श्री गोल्मेश्वर माध्यमिक विद्यालयमा “सामाजिक सञ्जालको समुचित प्रयोग” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ८४ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक प्रविन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, हेल्थ असिस्टेन्ट राम कौशल यादव, तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख मञ्जु न्यौपाने तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ तथा धुलिखेल–दोलखा अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक विष्णु पौडेलले गर्नुभएको थियो।

अभिमुखीकरणका क्रममा सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग, त्यसका सकारात्मक पक्ष, दुरुपयोगबाट पर्न सक्ने नकारात्मक असर तथा सुरक्षित डिजिटल व्यवहारका बारेमा विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो। साथै सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट देखिन सक्ने FOMO (Fear of Missing Out), निरन्तर नकारात्मक सामग्रीमा अल्झिरहने डूमस्क्रोलिङ (Doomscrolling) जस्ता प्रवृत्तिले मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे पनि सचेत गराइएको थियो।

यसैगरी डिजिटल उपकरण प्रयोग गर्दा बीच–बीचमा विश्राम लिनुपर्ने तथा आँखाको स्वास्थ्यका लागि २०–२०–२० नियम (हरेक २० मिनेटमा २० सेकेन्डका लागि २० फिट टाढाको वस्तु हेर्ने) अपनाउनुपर्ने विषयमा समेत विद्यार्थीहरूलाई जानकारी दिइएको थियो।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक प्रविन केसीले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार डिजिटल नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयमा प्राप्त ज्ञान विद्यार्थीहरूले आफ्ना घरपरिवार र समुदायसम्म पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक, सुरक्षित र सन्तुलित बनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरूले सिकेका कुराहरू घरपरिवार, टोलछिमेक तथा समुदायसम्म पुर्‍याएर सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीमार्फत समुदायसम्म स्वास्थ्य र सामाजिक सन्देश पुर्‍याउने उद्देश्यले ‘Child to Family Strategy’ अन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित।

साहित्यिक साधनाको उच्च सम्मान : अग्रज कवि तथा गजलकार जीत कार्की भानु–विद्यापति साहित्य पुरस्कारबाट सम्मानित। महेन्द्र श्रेष्ठ ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search