Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

Advertisement

जहाँ दुःख त्यहाँ रेडक्रस” : सिन्धुलीमा नेपाल रेडक्रसको ५५ औँ जिल्ला सभा भव्य रूपमा सम्पन्न, मानवीय सेवामा थप प्रतिबद्धता

सिन्धुली

“जहाँ दुःख त्यहाँ रेडक्रस” भन्ने मानवीय मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५५ औँ जिल्ला वार्षिक सभा आज कमलामाई नगरपालिका मा भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख उपेन्द्रकुमार पोखरेल को प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न पालिकाका जनप्रतिनिधि, रेडक्रसकर्मी, स्वयंसेवक, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमै वक्ताहरूले रेडक्रसको मानवीय सेवाको महत्व र यसको सामाजिक प्रभावबारे जोड दिएका थिए। प्राकृतिक विपद्, दुर्घटना, स्वास्थ्य आपतकालीन अवस्था तथा सामाजिक संकटका बेला रेडक्रसले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी ढंगले सेवा विस्तार गर्नुपर्नेमा सबैले जोड दिएका थिए।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समग्र समीक्षा गरिएको थियो। मन्त्री लालबहादुर कार्कीले प्रस्तुत गर्नुभएको गतिविधि प्रतिवेदनमा विपद् व्यवस्थापन, राहत वितरण, प्राथमिक उपचार तालिम, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर तथा समुदायस्तरमा गरिएका सचेतनामूलक कार्यक्रमहरूको विस्तृत विवरण समेटिएको थियो। उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि रेडक्रसले निरन्तर जनसेवामा क्रियाशील रहँदै आएको उल्लेख गर्नुभयो।

त्यसैगरी, कोषाध्यक्ष पुरुषोत्तम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय, स्रोत परिचालन, खर्च व्यवस्थापन तथा पारदर्शिताको अवस्थाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले आर्थिक अनुशासन र पारदर्शिता संस्थाको विश्वसनीयताको मुख्य आधार भएको उल्लेख गर्दै आगामी दिनमा स्रोत अभिवृद्धि र दिगो आर्थिक व्यवस्थापनतर्फ विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आगामी वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरी विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ।

 विशेषगरी आँखा उपचार सेवा, रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपद् व्यवस्थापन पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ। यससँगै समुदायस्तरमा सचेतना अभिवृद्धि, स्वयंसेवक क्षमता विकास, स्वास्थ्य सेवा विस्तार तथा आपतकालीन उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

सभामा नेरेसोको विधान २०२० (१८औँ संशोधन सहित २०८२) को कार्यान्वयनबारे पनि विस्तृत जानकारी गराइएको थियो। सहभागीहरूलाई संस्थागत सुधार, संरचनागत स्पष्टता तथा कार्यप्रणाली सुदृढीकरणका विषयमा जानकारी दिँदै आगामी दिनमा विधानअनुसार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

यस अवसरमा रेडक्रस अभियानलाई अझ समुदायमुखी बनाउँदै उपशाखा, पालिका शाखा तथा जिल्ला शाखाबीच समन्वय मजबुत पार्ने, साथै स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न निकायहरूसँग सहकार्य गर्दै कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्घोष गरिएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ, जसले गर्दा विपद् वा आपतकालीन अवस्थामा तत्काल सहयोग पुगोस् भन्ने उद्देश्य राखिएको छ।

सभाका सभापति अशोक श्रेष्ठले रेडक्रसको सेवा केवल संस्था मात्र नभई मानवीय भावना र सामाजिक उत्तरदायित्वको प्रतिविम्ब भएको उल्लेख गर्नुभयो। उहाँले रेडक्रसलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, स्वयंसेवकहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनीहरूको उत्साह र समर्पणले नै रेडक्रसलाई जीवित राखेको बताउनुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले रेडक्रसले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवामा पुर्‍याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, युवा सहभागिता बढाउँदै नयाँ पुस्तालाई मानवीय सेवामा आकर्षित गर्ने रणनीति अपनाउनुपर्ने सुझावहरू पनि प्रस्तुत गरिएका थिए।

समग्रमा, मानवताको सेवा, सहकार्य र समर्पणको भावनालाई अझ मजबुत बनाउँदै सम्पन्न भएको यस वार्षिक सभाले आगामी दिनमा रेडक्रसका गतिविधिहरूलाई थप प्रभावकारी, व्यवस्थित र समुदायमुखी बनाउने स्पष्ट दिशानिर्देश तय गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search