Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

Advertisement

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

महेन्द्र श्रेष्ठ

काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलपत्र अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालनको विषय निकै चर्चामा थियो ।

 राजनीतिक भेटघाटदेखि स्थानीय तहसम्म “यसपटक उद्योगका लागि ठोस योजना आउँछ” भन्ने अपेक्षा बढाइएको थियो । तर बजेट सार्वजनिक भएपछि भने धेरै दोलखावासी निराश बनेका छन् ।

वर्षौंदेखि बन्द अवस्थामा रहेको खरिढुङ्गा म्याग्नेसाइट उद्योग दोलखाको आर्थिक सम्भावना र रोजगारीसँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ ।

 उद्योग सञ्चालनमा आए स्थानीय युवाले रोजगारी पाउने, व्यापार चलायमान हुने र समग्र जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो ।

तर सार्वजनिक बजेटमा उद्योग सञ्चालनका लागि स्पष्ट योजना, पर्याप्त बजेट विनियोजन वा कार्यान्वयनको ठोस आधार नदेखिएपछि स्थानीयले फेरि “हाती आयो फुस्सा” भएको टिप्पणी गर्न थालेका छन् ।

बजेटअघि ठूलाठूला चर्चा भए पनि परिणाम भने अपेक्षाअनुसार नआएको गुनासो सुनिन थालेको छ ।

स्थानीयवासीका अनुसार खरिढुङ्गा म्याग्नेसाइट उद्योग केवल राजनीतिक भाषणको विषय बन्नु दुःखद हो । हरेक वर्ष आशा देखाइने तर कार्यान्वयन नहुने प्रवृत्तिले जनताको विश्वास कमजोर बनाउँदै गएको उनीहरूको भनाइ छ ।

अब दोलखावासीले भाषण र आश्वासनभन्दा पनि उद्योग सञ्चालनको वास्तविक काम देख्न चाहेका छन् । अन्यथा, हरेक बजेटसँगै दोहोरिने आशा र निराशाको चक्र फेरि उहीँ पुगेर टुंगिने निश्चित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search