Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

Advertisement

भिमेश्वर–४ जिलुमा छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न, किसानलाई सहज सिँचाइ सुविधा

शंखध्वनि अनलाइन

दोलखा । भिमेश्वर नगरपालिका–४, जिलुस्थित छ्यानेखोला सिँचाइ आयोजनाअन्तर्गत पक्की कुलो, आरसीसी पुल तथा पहुँच मार्ग निर्माण कार्य सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु. ९ लाख बजेटमा निर्माण गरिएको उक्त आयोजनाले स्थानीय किसानहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजनाअन्तर्गत १९१ मिटर लामो पक्की सिँचाइ कुलो निर्माण गरिएको छ। साथै खोलाको अप्ठ्यारो भागमा ६१ मिटर पक्की बाटो निर्माण गर्नुका साथै आवतजावतलाई सहज बनाउन खोलामाथि आरसीसी पुल समेत निर्माण गरिएको छ।

निर्धारित समयभित्र सम्पन्न भएको यस आयोजनाले भिमेश्वर नगरपालिका–४ र ५ का तल्लो भेगमा रहेका कृषकहरूको खेतबारीमा सिँचाइ सुविधा सहज बनाएको छ। वर्षायाममा मात्र खेती गर्न बाध्य किसानहरू अब वर्षभरि नै सिँचाइको सुविधा उपयोग गर्न सक्ने भएका छन्।

वडा अध्यक्ष तारा चौलागाईंले आयोजना सम्पन्न भएसँगै स्थानीय कृषकहरूमा उत्साह थपिएको बताउनुभयो। उहाँका अनुसार यस आयोजनाले भिमेश्वर–४ र ५ का तल्लो भेगका किसानहरूको खेतमा सहज रूपमा सिँचाइ सुविधा पुगेको छ। “सिँचाइको पहुँच विस्तार भएसँगै कृषि उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। किसानहरू खुसी हुनुका साथै अब थप व्यवस्थित रूपमा खेतीपाती गर्न सक्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो।

स्थानीय किसानहरूले सिँचाइ पूर्वाधार निर्माणका लागि बागमती प्रदेश सरकार, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा निर्माण उपभोक्ता समितिप्रति आभार व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि, कृषकको आयआर्जनमा सुधार तथा कृषि पेशाप्रति आकर्षण बढाउन यस्ता योजनाहरू प्रभावकारी हुने विश्वास गरिएको छ।

छ्यानेखोला सिँचाइ आयोजना सम्पन्न भएसँगै जिल्लाको कृषि क्षेत्रमा थप ऊर्जा मिलेको स्थानीयवासीको भनाइ छ। आयोजना दीर्घकालीन रूपमा सञ्चालन भएमा भिमेश्वर–४ र ५ का सयौं रोपनी खेतीयोग्य जमिनमा सहज रूपमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search