Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

Advertisement

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

महेन्द्र श्रेष्ठ
दोलखा।

लगातार तीन दिनदेखि परेको वर्षाले दोलखा जिल्लाका किसानमा नयाँ उत्साह थपिएको छ। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका किसानहरू अहिले भने खेतबारीमा व्यस्त देखिएका छन्। वर्षासँगै खेतमा पर्याप्त पानी जम्न थालेपछि जिल्लाभर धान रोपाइँको चटारो बढेको हो।

भीमेश्वर, मेलुङ, गौरीशंकर, शैलुङ, वैतेश्वर, तामाकोशी, जिरी, कालिञ्चोक, बिगु तथा अन्य स्थानीय तहका अधिकांश गाउँमा किसान बिहानदेखि साँझसम्म खेतमै व्यस्त छन्। परिवारका सदस्यसँगै छिमेकीहरू एकअर्कालाई सघाउँदै परम्परागत रूपमा धान रोपाइँ गरिरहेका दृश्य गाउँघरमा फेरि देखिन थालेका छन्।

किसानहरूका अनुसार समयमै परेको वर्षाले रोपाइँका लागि अनुकूल वातावरण बनेको छ। यसअघि लामो समयसम्म पर्याप्त पानी नपर्दा खेत सुक्खा भएका कारण रोपाइँ प्रभावित हुने चिन्ता थियो। तर लगातारको वर्षाले खेतमा पानी भरिएपछि रोपाइँले गति लिएको छ र यस वर्ष धान उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्र दोलखाको मुख्य आर्थिक आधारमध्ये एक भएकाले समयमै भएको वर्षाले किसानमा आशा जगाएको छ। स्थानीय कृषकहरूले मौसम यस्तै अनुकूल रहे धानबाली राम्रो सप्रिने विश्वास व्यक्त गरेका छन्। कृषि विज्ञहरूले पनि रोपाइँपछि गोडमेल, मल व्यवस्थापन तथा बाली संरक्षणमा विशेष ध्यान दिन किसानलाई सुझाव दिएका छन्।

यता, वर्षासँगै खोलानाला र साना नदीहरूमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। यद्यपि किसानहरूका लागि भने यो वर्षा राहत र खुसीको खबर बनेको छ। अहिले दोलखाका अधिकांश फाँटहरू हरियाली धानका बिरुवाले ढाकिन थालेका छन् भने गाउँघरमा असारे खेतीको रौनक फेरि फर्किएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search