Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

Advertisement

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

महेन्द्र श्रेष्ठ
दोलखा।

दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नगरपालिकाको अनुमानित कुल बजेट ८८ करोड ९९ लाख ८७ हजार रुपैयाँ रहेको थियो। नगरपालिकाले बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेसँगै विकास निर्माण तथा उत्पादनमुखी क्षेत्र, विशेषगरी कृषि क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै स्थानीय स्तरमा चासोसमेत व्यक्त हुन थालेको छ।

नगरपालिकाका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५९ करोड १४ लाख ३२ हजार ९९८ रुपैयाँ, पुँजीगततर्फ २८ करोड ८५ लाख ५४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

सार्वजनिक विवरणअनुसार चालुतर्फ ५७ करोड १२ लाख ७५१ रुपैयाँ, पुँजीगततर्फ १९ करोड ४५ लाख २६ हजार ६५७ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० लाख रुपैयाँ निकासा भएको छ। वास्तविक खर्च भने चालुतर्फ ५२ करोड ४० लाख २१ हजार ३३५ रुपैयाँ, पुँजीगततर्फ १८ करोड ८० लाख ६७ हजार ६४० रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ ३० लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

विवरणले चालु खर्चको तुलनामा पुँजीगत खर्च अपेक्षाकृत कम रहेको देखाएको छ। यसले विकास निर्माणका आयोजना तथा उत्पादनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमको प्रभावकारिताबारे प्रश्न उठाएको स्थानीयको भनाइ छ।

विशेषगरी कृषि प्रधान क्षेत्रका रूपमा परिचित भीमेश्वर नगरपालिकामा किसानहरूले सिँचाइ, कृषि सडक, मल–बीउ, आधुनिक कृषि प्रविधि र बजारीकरणमा थप लगानीको अपेक्षा गर्दै आएका छन्। तर सार्वजनिक वित्तीय विवरणले कृषि तथा उत्पादनमूलक क्षेत्रमा पर्याप्त प्राथमिकता नपाएको जस्तो देखिएको भन्दै कृषकहरूले आगामी बजेटमा कृषि क्षेत्रलाई बढी महत्व दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

स्थानीय कृषकहरूको भनाइ छ, “नगरको समृद्धिको आधार कृषि नै हो। कृषि क्षेत्रमा पर्याप्त लगानी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सके रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादन पनि बढ्नेछ। त्यसैले आगामी वर्षहरूमा कृषिलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ।”

यद्यपि नगरपालिकाले भने वित्तीय पारदर्शिता कायम गर्ने उद्देश्यले वार्षिक वित्तीय विवरण सार्वजनिक गरिएको जनाएको छ। आगामी दिनमा विकास निर्माणसँगै कृषि, पर्यटन, उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा समेत प्रभावकारी रूपमा बजेट परिचालन गर्नुपर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search