* भिष्म जोशी धेरै पर नजाऔँ ०४६ सालको आन्दोलन यता भनौँ वा आज भन्दा करिब ३४/३५ वर्ष यता हेर्ने हो भने नेपालमा अस्थिरतै अस्थिरता मात्र देखिन्छ । त्यो अस्थिरता केवल राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा देखिन्छ । राजनीति बिग्रियो भने हरेक चिज बिग्रिन्छ या बिग्रिन्न त्यो अर्कै पाटो भयो तर सबैको केन्द्र बिन्दु राजनीति बनाइयो । देशको राजनीति जता घुम्यो त्यतै समाजका हरेक पाङ्ग्राहरू घुम्दै गए । समाजका हरेक अङ्गहरू राजनीति रुपी मृत्युको कुवाबाट बाहिर ननिस्कने गरी किन रुमल्लियो रहे त ? किन अगाडी बढेन नेपालको रथ ? यी प्रश्नहरूको जिज्ञासा जाग्नु स्वाभाविक बनेको छ । यो ३५ वर्षको अवधि भनेको समयको…
* * रामराज रेग्मी दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन हो । यसो भन्दा आँखाको सहयोगबाट देखिने हुनाले त्यो दर्शन हुने भयो भन्ने तर्क आउन सक्छ । तर, यहाँ भन्न खोजिएको आँखालाई होइन, गहिरो ज्ञान दृष्टिलाई हो । प्राचीन संस्कृत साहित्यले दर्शनलाई गहिरो ज्ञान दृष्टिको अर्थमा लिएको छ । अङ्ग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यसमा दुई शब्द Philos र Sophy को मिलन भएको छ । ग्रीक भाषामा Philos को शाब्दिक अर्थ मोह र…
* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि…
गोठालो जीवन वि.सं.१९९७ साल माघ २० गते बागलुङको मल्म गाविस, गल्याङमा जन्मिए, चित्रबहादुर के.सी. । बुवा नरेश्वर उपाध्याय र आमा पार्वती के.सी.को कोखबाट माइलो छोरोको रूपमा जन्मिएका चित्रबहादुरको बाल्यकाल, गोठालो भएरै बित्यो । घरभन्दा केही टाढा रहेको गोठमा १२÷१३ वटा गाई गोरु स्याहार सुसार गर्ने जिम्मेवारी थियो, उनलाई । उनी भन्छन्, ‘८ वर्षको उमेरमा गाई गोठाला भए । दिनभरि जङ्गलमा गाई चराउन जान्थे । अनि बेलुका सबैलाई गोठमा हुल्थे ।’ फुच्चे ८ वर्षको केटोलाई गाई गोरु बाँध्न निकै कठिनाइ हुन्थ्यो । अनि वरिपरि बाटोमा हिँड्ने मानिसलाई रोइ कराई गुहार्थे, उनी । एक दिन जङ्गलमा गाई गोरु चराउन गएको बेला पानीमा…
* भाेलानाथ ढकाल उपक्रम बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ । विस्तार बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात,…
- मातृका पोखरेल ज्ञानको आदानप्रदान मानिसले कुन युगदेखि गर्न थाल्यो भन्ने उत्तर खोज्नु पक्कै सजिलो काम होइन । मानवको सृष्टिसँगै कुनै न कुनै स्तरको ज्ञानको आदानप्रदान मानिसले गर्न थाल्यो होला भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । यस क्रममा ज्ञानलाई आदानप्रदान गर्ने क्रममा समयले अहिले धेरै विकास गरिसकेको छ । २०८० साल असार २८ गते राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भई सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो । सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको यो आँकडाले अब हामी सूचना…
क्यान्सर लगायतको रोगको नाममा कुनै एनजिओ खोल्ने । थोरै काम गर्ने, त्योभन्दा कैयौँ धेरै आफ्नो स्वार्थ पुरा गर्ने थुप्रै सङ्घ–संस्थाहरू भेटिन्छन् । तर त्यस प्रकारका सङ्घ–संस्थाभन्दा फरक प्रकारले काम गर्छिन्, अभियन्ता प्रमिता खनाल । काठमाडौँको बुढानीलकण्ठ बस्ने प्रमिता भन्छिन्, ‘हामी पूर्ण निस्वार्थ भावनाले काम गरेका छौँ । आफ्नै खल्तीबाट पैसा खर्च भएको छ । संस्थाको एक रुपैयाँ पैसा पनि लिएका छैनौ ।’ क्यान्सर सरभाईबरहरुको शरीर आफैमा सेन्सेटीभ हुन्छ । विभिन्न प्रकारका भाइरसहरूले चुनौती बढिरहेको अवस्थामा कसरी समाजसेवामा सक्रिय हुन सक्नुभएको छ भन्दा अभियन्ता प्रमिता भन्छिन्, ‘सरभाईबरहरुको अवस्था कस्तो छ ? अवस्था हरेर हामी मिलाएर काम गर्छौ । एकदमै हाई रिस्क…
भरत पोख्रेल थोरस्टियन भेबलेनले आफ्नो पुस्तक “द थ्योरी अफ द लिजर क्लास” मा गरिष्ठ उपभोग [कन्सपिक्युअस कनजम्सन] बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न [पजिसनल गुड्स] उपभोगको उत्कर्ष देखाउँछन् । यो प्रवृत्ति पछि पुँजीवादको संस्कृति भएको २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख “इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन” मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् । समाजमा अनुत्पादक उपभोक संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले १९५८ मा “दि अफ्लुयन्ट सोसाइटी”, डेभिड रिजम्यानले १९६४ मा “अबुन्डेन्स फर ह्वाट ?, इ.जे. मिसानले १९६७…
डा.पीताम्बर शर्मा वर्ग र जात/जाति समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने गरेका छन् । कुनै समूहको सामाजिक वर्ग उसको दौलतले भन्दा पनि श्रम र उत्पादनका साधनसँगको सम्बन्धद्वारा निर्धारित उसको आयको स्रोतको वस्तुगत यथार्थले गर्छ । यसअनुसार उन्नाइसौँ शताब्दीको बेलायती समाजमा तीन वटा मुख्य वर्ग विद्यमान थिए : जमिनदारी वा कमाउन दिएको भूमिको आयस्रोत भएका आफै श्रम नगर्ने भूमि पति; उत्पादनका साधनमाथि नियन्त्रण भएका, ज्यालामा रोजगार दिने र लगानीको नाफाबाट आय गर्ने पुँजीपति; र ज्यालाका निम्ति आफ्नो श्रम बेचेर गुजारा गर्ने सर्वहारा वा श्रमिक वर्ग । पुँजीवादको विकाससँगै पुँजीपति, निम्न…
राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की । ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया…
