तनहुँ, १ मंशिर । एक बर्ष अघि नै सञ्चालनमा आएको अस्पताल आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् । तनहुँको दमौलीमा आयोजित एक बिशेष समारोहका बिचमा शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पताल उदघाटन गरेका हुन् । सो गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले आज शुक्रबार उद्घाटन गरेका हुन । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा सुरु गरेको थियो। अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ। अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र दुई…
कात्तिक ३०, काठमाडौंँ । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी र पोखरीहरुमा छठ पूजाको तयारी भइरहेको छ । काठमाडौँमा पनि छठ मनाउने समुदायको बाक्लो बसोबास रहेकाले यहाँका नदी तथा पोखरीहरुमा छठ पूजाको लागि तयारी अन्तिम चरणमा पुगेको हो । छठ पर्वको मुख्य दिन शनिबार छठी माइको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको विभिन्न १३ स्थानका जलासयमा छठ पर्वको तयारी भइरहेको छ । पोखरी तथा नदी किनारमा टेण्ट हाल्ने, सरसफाइ गर्ने काम सुरु भएको छ ।
२९ कात्तिक, काठमाडौँ । हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाएसँगै सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो । शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…
कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
काठमाडौं, २६ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ। बर्दघाट सुस्ता पूर्व बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप आज देवचुली–९, गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, कावासोती बस्ने १७ वर्षीय अस्विन गैह्रे, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०/४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी नायब…
कात्तिक २५, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र…
कार्तिक २५ , झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।
कात्तिक २५, काठमाडौं । हिन्दु धमार्वलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।
कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि…
वासिंगटन डिसी, २४ कार्तिक । अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन । अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ । जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ । बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन…
