Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 3

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको छ: चित्रबहादुर केसी

२४ माघ, काठमाण्डौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा  बोल्दै केसीले जनमोर्चाले संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न गरेको प्रयास असफल भएको भन्दै अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्। उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए। ‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई…
Read More
गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य देखेका छैनन् : नेता मीनेन्द्र रिजाल

२३ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’ गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ। उनले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिराख्ने पनि बताए।
Read More
सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउँछ : केपी शर्मा ओली

सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउँछ : केपी शर्मा ओली

२२ माघ, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार चलाउने उद्देश्यका साथ अघि बढेको बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । उनले सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने…
Read More
बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी पक्राउ

१८ माघ, काठमाण्डौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धानका लागि सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।
Read More
नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष आँफू निकटको बनाउन सूचनामै चलखेल

१७ माघ, काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको प्रतिष्पर्दा सिमित ब्यक्तिहरुमा मात्र गराउन सूचनामै चलखेल गरेको छ । मन्त्रालयले आफु नजिकका व्यक्तिलाई नियुक्ति गर्ने गरी नियमावली विपरितको मापदण्ड बनाई अरुलाई आवेदन नै दिन नमिल्ने व्यवस्था गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि गठन भएको समितिले गत आईतबार प्राधिकरणको अध्यक्ष पदका लागि एक हप्ताको म्याद राखेर आवेदनको लागि सूचना प्रकासित गरेको छ । सूचनामा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, वोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारिको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिको पदमाकाम…
Read More
निलम्बित जिल्ला न्यायाधीश विरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

निलम्बित जिल्ला न्यायाधीश विरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

१७ माघ, काठमाण्डौं - सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी थिइन् ।
Read More
काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई  बालेनले सोधे स्पष्टीकरण

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई बालेनले सोधे स्पष्टीकरण

१४ माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ। मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । …
Read More
विभाजित भएर लक्ष्यमा पुग्न सकिंदैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

विभाजित भएर लक्ष्यमा पुग्न सकिंदैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

१३ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन । 'देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,' दाहालले भने । विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो । माओवादी नेतृत्वको सशस्त्र संघर्षका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्ष जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।…
Read More
विमानस्थलका अध्यागमन कर्मचारीलाई  हातपात घटनाका सम्बन्धमा छानबिन समिति

विमानस्थलका अध्यागमन कर्मचारीलाई हातपात घटनाका सम्बन्धमा छानबिन समिति

१२ माघ, काठमाण्डौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।…
Read More
फेरियो राष्ट्रिय सभाको शक्ति सन्तुलन

फेरियो राष्ट्रिय सभाको शक्ति सन्तुलन

१२ माघ, काठमाण्डौं - सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर भएको निर्वाचनबाट बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई/दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा ५९ सदस्यीय हुने संवैधानिक ब्यवस्था छ । बागमती प्रदेशमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ३/३ तथा कोशी, मधेश र लुम्बिनीमा २/२ जना राष्ट्रियसभा सदस्य…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search