Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Breaking News 3

सरकार टिक्ने वा ढल्ने भन्नेबारे प्रधानमन्त्री आफैंमा निर्भर हुन्छ: मेटमणि चौधरी

सरकार टिक्ने वा ढल्ने भन्नेबारे प्रधानमन्त्री आफैंमा निर्भर हुन्छ: मेटमणि चौधरी

२८ फागुन, काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै सदनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ। सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए । उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए। चौधरीले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरूरी नरहेको बताए। ‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौं। हामीले भनेको केही कुरामा…
Read More
प्रधानमन्त्रीले  टीआरसी विधेयकका नाममा नयाँ सत्ता समीकरण बनाउने काम गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गुनासो

प्रधानमन्त्रीले टीआरसी विधेयकका नाममा नयाँ सत्ता समीकरण बनाउने काम गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गुनासो

२७ फागुन, काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । आइतबार बिहान महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो रोष प्रकट गरेका हुन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । ‘राष्ट्रिय सभाको अध्यक्ष बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य…
Read More
केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको हो : पुष्पकमल दाहाल

२४ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गरेका छन्। बिहीबार संसद्मान उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीय र प्रदेश निर्वाचनमा कांग्रेसबाट अपेक्षित तहमा सहयोग नभएकोदेखि कांग्रेस महासमिति बैठकमा भएका निर्णयहरू सम्मलाई कारणका रूपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले भने, 'निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योछ । गठबन्धनको नैतिकताको कसीमा त्यो…
Read More
१८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन फास्टट्रयाकमा  अगाडि बढाउने एमसीए नेपालको निर्णय

१८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन फास्टट्रयाकमा अगाडि बढाउने एमसीए नेपालको निर्णय

२३ फाल्गुन, काठमाण्डौं - मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा  अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने  निर्णय गरेको हो । सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र…
Read More
सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त

२२ फाल्गुन,  धनगढी - सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । केन्द्रमा कांग्रेस-माओवादी गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् ।
Read More
आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भईरहन्छ : पुष्पकमल दाहाल

आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भईरहन्छ : पुष्पकमल दाहाल

२१ फाल्गुन, काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक-पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम' मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका हुन् । 'माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,' प्रधानमन्त्री दाहालले भने । दाहालले आजको दिनलाई…
Read More
राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फाल्गुन, काठमाण्डौं - राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले शपथ लिएका छन् । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएकी हुन् । गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रियसभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एकजना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । राष्ट्रियसभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको छ । राष्ट्रियसभामा माओवादी सदस्यको संख्या १७ पुगेको छ । त्यस्तै, कांग्रेसका १६ सदस्य छन् । शपथपछि राष्ट्रियसभाका सदस्यहरूले संविधानअनुसार कानुन र नीति बनाउन ध्यान दिने बताएका छन् । राष्ट्रियसभाका…
Read More
मेयर बालेन शाहलाई मानव अधिकारकर्मीहरूको खुला पत्र

मेयर बालेन शाहलाई मानव अधिकारकर्मीहरूको खुला पत्र

२० फाल्गुन, काठमाण्डौं - मानव अधिकारकर्मीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तानाशाही, निरंकुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणको बाटो परित्याग गर्न आग्रह गर्दै खुला पत्र लेखेका छन्। उनीहरूले सडक व्यापारी नागरिकहरू विरूद्ध महानगरका अधिकारीबाट श्रृंखलाबद्ध ज्यादती हुँदै आएको उल्लेख गरेका छन्। ‘संघीय राजधानी सहर प्रमुख तपाईं सबैभन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो। तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसँग हाम्रो सन्देश पुर्‍याउन यो खुलापत्रको सहारा ल्याएका छौं,’ उनीहरूले पत्रमा उल्लेख गरेका छन्। गत फागुन १६ गते साँझ काठमाडौंका नगर प्रहरी सुन्धारा क्षेत्रमा व्यापारीहरूमाथि जाइलागेको थियो। ‘सडक व्यापारीमाथिको श्रृंखलाबद्ध…
Read More
सत्तागठबन्धन दलबीच कुनै समस्या छैन: शेरबहादुर देउवा

सत्तागठबन्धन दलबीच कुनै समस्या छैन: शेरबहादुर देउवा

१८ फागुन, चितवन -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका देउवाले गठबन्धनले निरन्तरता पाउने बताए। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले गठबन्धनमा कुनै समस्या नभएको बताए। पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने बताए। ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ’, उनले भने। -रासस
Read More
लघुवित्त पिडितहरुको संसद् भवन परिसरभित्र प्रदर्शन

लघुवित्त पिडितहरुको संसद् भवन परिसरभित्र प्रदर्शन

१४ फाल्गुन, काठमाण्डौं - लघुवित्त ऋणीहरुले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरभित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । उनीहरू गेट धकेलेर भित्र छिरेका थिए । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search