गाँजा, २० असोज । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बिचको स्थिति फेरि बिग्रिएको छ । हमासले शनिवार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन्। सर्वप्रथम इजरायलमा हजारौँ रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ। केही हमास सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू प्याराग्लाइडिङ प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । भिडियोमा गाँजा सहरमा भागदाैड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक…
गान्तोक, २० असोज । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकि १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् । इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बङ्गालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत…
लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ । डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र…
काठमाडौँ, १९ असोज । जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दुहरूको अवस्था नाजुक हुन थालेको हो । आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत् राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् । यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो । यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठुला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्कासी गरिएको छ ।…
आश्विन १८, सिलोङ । भारतको सिलोङस्थित कोइला खानीमा तीन नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ का भुवन घिमिरेसहित पाँचथरका एक र इलामका एक जना गरी तीन युवाले ज्यान गुमाएका हुन् । कोइला खानीभित्रै पानी पसेपछि ६ दिनदेखि बेपत्ता उनीहरूको शनिवार शव फेला परेको हो । खानीभित्र पसेको पानी निकालेर ६ दिनपछि उनीहरूको शव फेला पारिएको हो। उनीहरू कोइला खनिरहेको बेला एक्कासि पानी पसेपछि तीन जना बेपत्ता भएका थिए। खानीभित्रै रहेका भुवनका बुबा भने सकुशल बाहिर निस्कन सफल भएका त्यहाँ कार्यरत नेपालीले जानकारी दिएका छन् ।
टोकियो, १८ असोज । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ। सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
दार्जिलिङ, १८ असोज । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर) भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन् । यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले केही स्याटलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण वर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका…
काठमाडौँ, १७ असोज । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधवार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बङ्गालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ । सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो । छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा…
बैंकक, १७ असोज । राजधानी सहरको मध्य भागमा रहेको लक्जरी सपिङ मलमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ । सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली बारी सहरको सबैभन्दा प्रसिद्ध किनमेल केन्द्रहरू मध्ये एक सियाम प्यारागनमा भएको थियो। यसरी मारिनेहरू चीन र म्यानमारका नागरिक थिए, थाइल्यान्डका प्रहरी प्रमुखले भने। पक्राउ परेका सन्दिग्ध जसको मनसाय अस्पष्ट देखिएको छ । सो गोली काण्ड पछि प्रहरी अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका थिए, जतिखेर उनको हातमा एक ह्यान्डगन थियो, प्रहरीले भने। सो घटनामा घाइते भएका अन्य पाँच जनामा एक लाओस्, एक…
भेनिस, १७ असोज । इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटना पछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डी बारीले जानकारी दिएका छन् । उता, भेनिसका मेयर लुइगी ब्रुगनारोले ‘ठुलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बिचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ…
