२ पुस, ललितपुर - ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर आज देखि महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको प्रारम्भ गरेका छन् । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आजबाट नाम दर्ता गर्ने काम भएको भन्दै आगामी फागुन देखि उनीहरुले उपचार सेवा प्राप्त गर्ने बताए । उनले अब लगत्तै दर्ता सहयोगी नियुक्ति गरेर तालीम दिई नगरबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउनका लागि ‘फिल्ड’मा खटाउने बताए । ‘आज हामीले दिनको शुभारम्भ गरेका हौँ…
आजभोली सुन्तला पाउने समय हो। सुन्तलामा अत्याधिक मात्रामा भिटामिन सि तथा अन्य पोषण तत्व पाइन्छन्। हामीले सुन्तला खाएर त्यसको बोक्रा फल्ने गरेका छौ। सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ। युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ। तर यसका औषधीय गुणहरु पनि छन्। यदि कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ। सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ। केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ। अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव…
तुलसीप्रायसबैकोघरघरमारोपिएकोदेख्नसकिन्छ।सबैकोघरघरमाहिन्दुधर्ममातुलसीकोप्रयोगलाईपवित्रमानिन्छ।पुजाआजाहोस्, वाव्रतहरेकपर्वमाहामीयसकोप्रयोगलाईनिकैमहत्वपूर्णमानिन्छ।यसकोप्रयोगस्वास्थ्यकालागिनिकैलाभदायकमानिन्छ। आउनुहोस तुलसीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाको विषयमा चर्चा गरौ: तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस ५–१० मिलि मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ । केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा…
२ पुस, काठमाण्डौं - मेटाले आफ्नो फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई चाँडै ठूलो झटका दिने तयारी गरिरहेको छ। मेटाले आफ्नो सामाजिक प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा क्रस मेसेजिङको सुविधा बन्द गर्ने भएको छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा म्यासेज र फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राम डाइरेक्ट म्यासेजमा म्यासेज गर्न पाउने छैनन् । मेटाले तीन वर्षअघि यो सुविधा दिएको थियो । यो सेवा बन्द गर्नुको कारणबारे कम्पनीले जानकारी दिएको छैन । एक रिपोर्ट अनुसार, इन्स्टाग्राम प्रयोगकर्ताहरूले क्रस एप मेसेजिङ सम्बन्धी अलर्टहरू प्राप्त गरिरहेका छन्। यो सेवा डिसेम्बर मध्यसम्ममा बन्द हुने चेतावनीमा भनिएको छ । राहतको खबर यो हो कि यो सेवा बन्द भएपछि पनि…
२ पुस, काठमाण्डौं - नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी बैठक आह्वान गरेको छ । पार्टीका कोषाध्यक्ष तथा मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक भोलि (मंगलबार) दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । उनका अनुसार बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । “बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुनेछ,” ढकालले भने । माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ । केन्द्रीय समिति बैठकले पार्टीको विधान सम्मेलनको मिति तय गर्नेछ ।
२ पुस, काठमाण्डौं - व्हाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट जारी गरेको छ। व्हाट्सएप प्रयोगकर्ताहरूले अब कुनै पनि च्याट सन्देश पिन गर्न सक्नेछन् । नयाँ अपडेट समूह (ग्रुप) र निजी कुराकानी दुवैको लागि हो, अर्थात्, तपाईंले समूह वा निजी च्याटमा कुनै पनि विशेष सन्देश पिन गर्न सक्नु हुनेछ । व्हाट्सएपले यो नयाँ अपडेट आईओएस र एन्ड्रोइड दुबैका लागि जारी गरेको छ । व्हाट्सएपको यो अपडेटको फाइदा यो हुनेछ कि यसको प्रयोगले कुनै विशेष वा महत्त्वपूर्ण म्यासेज खोज्न समय लाग्ने छैन । यस नयाँ अपडेटको बारेमा, व्हाट्सएपले भनेको छ कि कुनै पनि च्याट म्यासेजलाई अधिकतम ३० दिनसम्म पिन गर्न सकिन्छ। डिफल्ट…
२ पुस, काठमाण्डौं - आइतबार पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका छन् । पाकिस्तान सरकारले फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरिदिए पनि आइतबार एसिया, युरोप र अमेरिकासहित विश्वभरका समर्थकहरूले भर्चुअल जलसा (र्याली) आयोजना गरेका हुन् । खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले आसन्न चुनावसम्बन्धी सार्वजनिक भेलामा सरकारले आफ्ना कार्यकर्तालाई अवरोध पुर्याएको विरोधमा ‘भर्चुअल पावर शो’ आयोजना गरेको जनाएको छ । डिजिटल अधिकार, साइबर सुरक्षा र सुशासन प्रवर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय इन्टरनेट नियमन संस्था, नेटब्लक्सले पाकिस्तानको इन्टरनेट सेवा अवरुद्ध भएकोबारे पुष्टि गरेको छ । स्थानीय प्रयोगकर्ताहरूले पनि लाहोर, कराची र इस्लामाबादमा…
२ पुस, सोल - सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या लगभग १० प्रतिशतले बढेको सोमबार तथ्याङ्क कार्यालयले देखाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढी हो । यो सन् २०१७ मा सान्दर्भिक तथ्याङक सार्वजनिक गर्न थालेपछिको सबैभन्दा धेरै हो । दक्षिण कोरियामा बसोबास गर्ने चिनियाँ नागरिकको सङ्ख्या यस वर्ष तीन दशमलव छ प्रतिशतले बढेर एक लाख ३५ हजार पुगेको छ । यसैगरी भियतनामी नागरिकको सङ्ख्या १९ दशमलव एक प्रतिशतले बढेर दुई…
२ पुस, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षामा मयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने पनि बताएका छन् । ‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न…
२ पुस, काठमाण्डौं - राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि प्रर्याप्त नभएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए । शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आवस्यक रहेको औंल्याउँदै दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे । ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईंहरूकै हातमा…
