शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

भक्तपुरमा म्हः पूजासँंगै खेलियो देउसीभैलो

कार्तिक २५,भक्तपुर । भक्तपुरमा शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ । जिल्लास्थित एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए । स्कुलमा कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको थियो । त्यस अनुसार विद्यार्थीहरुले लहरै बसेर पूजा गरेका थिए । बालबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षकशिक्षिकाहरुले सहयोग गरेका थिए । पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए । विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए । उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड…
Read More
फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं

फ्रान्सेली राष्ट्रपतिको आह्वान, ‘गाजामा युद्दबिराम गरौं

पेरिस, २५ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा युद्धविरामको लागि आह्वान गर्दै इजरायल र हमास बीचको युद्धको एकमात्र समाधान रहेको बताएका छन । उनले इजरायलसँग अक्टोबर ७ मा हमासले गरेको हमलामा आफैलाई सुरक्षित राख्ने र प्रतिक्रिया दिने अधिकार रहेको बताउदै उनले इजरायलले ‘युद्धका अन्तर्राष्ट्रिय नियम र मानवीय अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ’समेत भनेका छन्र । म्याक्रोनले थपे कि उनी आशा गर्दछन् कि अन्य विश्व नेताहरूले युद्धविरामको लागि उनको आह्वानमा सामेल हुनेछन्। ‘हामी पीडा साझा गर्छौं र हामी आतंकवादबाट छुटकारा पाउन इच्छुक छौं। फ्रान्समा आतंकवादको अर्थ के हो भन्ने हामीलाई थाहा छ। तर मलाई लाग्छ कि नागरिकमाथि आक्रमण गर्ने कुनै औचित्य…
Read More
लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा

लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा

कात्तिक २५, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् । सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे । निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था…
Read More
आजदेखि तिहार सुरु

आजदेखि तिहार सुरु

कात्तिक २५, काठमाडौं । हिन्दु धमार्वलम्वी नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।
Read More
भूकम्पपीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

भूकम्पपीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

 कात्तिक २४, काठमाडौं । चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता जनाइएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको जानकारी दिँदै उनले सो क्रममा जाजरकोट र रूकुमका भूकम्पपीडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् । सााथै अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
Read More
मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक

मुगु हत्या घटनाका अभियुक्त सार्वजनिक

कार्तिक २४,सुर्खेत । मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी प्रमुखले जनाएको छ। बोहरा हत्याको योजनाकार हुन्। मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका…
Read More
विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा

काठमाडौं, २४ कार्तिक । नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन्। नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ। नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ। चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर रहेका छन्। नेपाली टिम:  गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल। डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ। मिडफिल्डर: लकेन…
Read More
देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल

देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल

 कार्तिक २४, ललितपुर ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्। शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सराेकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए। उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए। पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै…
Read More
गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री

कार्तिक २४, थवाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए । ‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ। विकासका कामहरू अगाडि बढेका छन्। जिल्लाको मुहार फेरिँदैछ, उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लाषगि सहयोग, उत्पादनमुलक नमुना कृषि…
Read More
विद्युत् प्राधिकरणमा मागियो नयाँ कर्मचारी, सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा मागियो नयाँ कर्मचारी, सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन सकिने

२४ कात्तिक ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीका आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले  सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन आह्वान गरेको हो । दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागिएको हो । सूचनाअनुसार १४ मंसिरसम्म दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदहरूमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ । प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search