मंसिर १०, काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ । ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।
मंसिर १०, काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ । यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप—२८ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले सहभागिता जनाउने सो सम्मेलनमा जलवायु वित्त, अनुकुल र पर्वतिय क्षेत्रको समस्यालाई विशेष प्रथामकिताका साथ उठाइने भएको हो । सन् २०१० मा नै धनी राष्टबाट २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपाल जस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर घोषणा…
मंसिर १०, काठमाडौं । पोर्चुगल पठाइदिन्छु' भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको जनाएको छ। जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
मंसिर १०, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा,…
मंसिर १०, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा. महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख गर्दै सडक, यातायात, खानेपानीआदि पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुँदा पनि यो वा त्यो रुपमा महिलाको सहजीकरणका पक्षलाई ध्यान दिइएको बताए । अधिकारको रक्षा र कार्यान्वयनका लागि लोकतान्त्रिक व्यवस्था हुन अत्यावश्यक भएको उल्लेख उनले समाजमा कमजोर वर्गमाथि बलियो समूहले भौतिक, मानसिक र आर्थिक हिंसा गर्ने गलत प्रचलन रहेकामा…
मंसिर ९,बर्दिया । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिका सहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो । आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए । गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको…
मंसिर९, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ। पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो। टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए। भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ। टोलीमा पौडेलसहित माननिय गन्डकि प्रदेश सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका…
मंसिर ९, उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको प्रहरीको भनाइ छ। बसमा सवारमध्ये थप ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार…
मंसिर ९, गाजा । इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ । गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ । प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो साँझदेखि आज बिहानसम्म मात्रै इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा १७ प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ। अधिकार समूहका अनुसार अक्टोबर ७ यता इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको कुल संख्या ३ हजार १ सय ६० पुगेको छ। इजरायल र हमासबीच भएको ४ दिने युद्धविराम सम्झौताको एक हिस्साको रूपमा शुक्रबार ३९ प्यालेस्टिनी बन्दी रिहा गरे पनि थप १७ जना पक्राउ परेको सो समुहले जनाएको छ…
मंसिर ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १२ पैसा र बिक्री दर १६७ रुपैयाँ…
