मंसिर ९, जाजरकोट । नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५ स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्,’ अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण…
मंसिर९, काठमाडौं । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा…
काठमाडौँ, ९ मङ्सिर । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोमलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औँ गोल हो । यो जितपछि बायर्न म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अङ्क भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अङ्क रहेको छ । त्यसै गरी क्लोन भने १२ खेलमा ६ अङ्कसहित पुछारमा रहेको छ ।
काठमाडौँ, ८ मङ्सिर । चीनले बिभिन्न ६ देशका लागि भिसामुक्त यात्राको परीक्षण गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसामुक्त यात्राको परीक्षण गरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । यी देशका साधारण राहदानी धारकहरूले यहि डिसेम्बर देखि सन् २०२४ को नोभेम्बर सम्म सम्म १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् । यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पु¥याउँने विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार भनेका छन् । हाल, अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । सन् २०२० मा कोरोनाभाइरस महामारीलाई ध्यानमा राख्दै चीनले कडा…
काठमाडौँ, ८ मङ्सिर । सर्वोच्च अदालतले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । सो रिटमाथि शुक्रवार…
काठमाडौँ, ८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेका छन्। पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप (२८ ) मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताए । हिमाललाई तीब्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी…
कतार, ८ मङ्सिर । इजरायल र हमासबीचको युद्धबिच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजापट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्ध विराम पछि बन्धकहरूको पहिलो समूह शुक्रवार साँझ इजरायललाई हस्तान्तरण गरिनेछ। सात हप्ताको युद्धपछि इजरायल र हमासबीच ४ दिने युद्ध विराम हुने भएको हो । कतारका अनुसार त्यसपछि गाजामा इन्धन र मानवीय आपूर्तिमा आज तीव्रता आउनेछ। कतारको विदेश मन्त्रालयका अनुसार युद्ध विराम नेपाली समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ, जबकि बन्धकहरूको पहिलो समूहलाई हमासले युद्ध विरामको केही घण्टापछि भारतीय समय अनुसार साँझ ७ः ३० बजे रिहा गर्नेछ। बन्धकहरूको पहिलो समूहमा एकै…
काठमाडौँ, ८ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । आज ११ बजे देखी तीनकुने, काठमाडौँमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उद्देश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन् । उता, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुनेमा प्रसाईँ समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
काठमाडौँ, ८ मङ्सिर । नेपाल सुपर लिग आजबाट सुरु हुदैँछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । जस अन्तर्गत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेश टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।
