काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ…
धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट…
प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक…
काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख,…
काठमाडौँ, ७ मङ्सिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्नका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँमा आज नेकपा एमाले निकट युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले एकै पटक प्रदर्शन गर्ने भए पछि व्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौँ उपत्यकाको सडकमा परिचालन भएका छन् । नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधाज्ञा जारी गरेपछि युवा सङ्घले तीनकुने र प्रसाईँ नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दै छन् । सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २…
काठमाडौँ, मङ्सिर ६ । काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले डा. जगमान गुरुङले महामन्त्री मोहनविक्रम सिंहबारे भ्रामक अभिव्यक्ति दिएको बताएको छ । प्रवक्ता रामप्रकाश पुरीले बुधवार एक स्पष्टीकरण प्रेषित गर्दै महामन्त्री सिंहले डा. गुरुङले भने झैँ राजा चाहिन्छ भनेर कतै पनि अभिव्यक्ति नदिएको भन्दै एउटा स्पष्टीकरण जारी गरेका छन् । स्पष्टीकरणको सम्पूर्ण विवरण यस प्रकार छ - डा. जगमान गुरुङले मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छे(रोहित)ले नेपालमा राजा चाहिन्छ भनेर भनेको भनी एउटा कुनै कार्यक्रममा अभिव्यक्ति दिनुभएको छ । का. मोहन वैद्य र का. नारायणमान बिजुक्छेले उहाँहरू आफैले त्यसबारे आफ्नो स्थितिलाई स्पष्ट गर्नुहोला । यहाँ हामीले का. मोहनविक्रम सिंहबारे डा. गुरुङको…
काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढङ्गले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने बताएका हुन् । पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ ।…
काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ । चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ…
मंसिर ६, काठमाडौं । मंसिर ७ गते अर्थात भोली युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शनको गर्ने तयारी गरिरहदा सरकारले बिभिन्न स्थानलाइ निषेधित क्षेत्र घोषणा गरिरहेको छ । सरकारले माइती घर, शितल निवास, पधानमन्त्रीको सरकारी निवास वालुवाटर, ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर जस्ता संभावित प्रर्दशन स्थान वरपरलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…
