काठमाडौँ । बाँकेको नेपालगन्जमा कर्फ्यु आदेश जारी भएको छ। दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । २०८० असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुल हुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्ट्याटस पोस्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्याली निकालेको थियो। मङ्गलवार बिहान मुस्लिम…
* * मोहनविक्रम सिंह सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको ऊर्जा आउन सम्भव हो । राजनैतिक तथा वैचारिक सिद्धान्तमा मात्र सीमित भएर त्यस प्रकारको ऊर्जाको निरन्तरता सम्भव नहोला । मानिसलाई व्यक्तिगत कुराहरूले पनि प्रभाव पारिरहेको अवस्था हुन्छ । शारीरिक कुराहरूले प्रभाव पारिरहेको हुन्छ । अनि ती प्रभाव र चुनौतीहरूको सामना गर्न सकिएन भने सामाजिक तथा राजनीतिक क्रियाशीलता नकारात्मक असर पर्न सक्छ । आफ्नो राजनैतिक तथा सामाजिक यात्रामा लामो अवधिसम्म भूमिका निर्वाह नहुन सक्छ । त्यस…
* मिनबहादुर राना संसारमा अनेक खालका मान्छे बस्छन् । यस्तै मध्ये कुनै अचम्मको कुरा नभए झैँ कुनै जमानातिर कुनै गाउँमा जाक्सीबाय नामको एक जना फटाहा जमिनदार बूढा बस्थे । उनी मन मौजी खालका मान्छे थिए । उनको एउटा गधा थियो । देख्नमा यो गधा पनि अरू गधाभन्दा त्यस्तो कुनै फरक थिएन । तर उसले जन्मसिद्ध यस्तो गला पाएको थियो । जब ऊ आफ्नो ठाउँमा बसेर चिच्याउँथ्यो छरछिमेकका सबैले कानमा औँला कोचार्नु पर्थ्यो । एक पटक जाक्सीबाय प्राचीन सहर तुर्किस्तानमा पुगे र उनले गधालाई बजारतिर मोडे । गधालाई रुखमा बाँधेर मुख मिठ्याउँदै चिया पसलमा पसे । राम्रो चिया पसलमा सधैँ मान्छेको…
याे वर्ष दिइने नोबेल पुरस्कारको विजेताहरूको घोषणा गरिएको छ । कोभिड १९ विरुद्धको खोप बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका औषधि शास्त्र क्षेत्रका कैटालिन कारिको र ड्रु विसमेनलाई यो पुरस्कार दिन लागिएको आयोजकले जानकारी गराएको छ । स्मरण रहोस् सबैभन्दा पहिलो नोबेल पुरस्कार सन् १९०१मा एक्स रे को खोज गरेबापत विल्हेम रान्टगनलाई दिइएको थियो । सुरुमा यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, मनोविज्ञान, औषधि शास्त्र, साहित्य र शान्तिको क्षेत्रमा विशेष योगदान पुराएकाहरूलाई दिइन्थ्यो। सन् १९६८ पछि अर्थशास्त्रको क्षेत्रमा योगदान पराउने व्यक्तित्वलाई पनि दिन थालिएको हो ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै 'राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने' विश्वास व्यक्त गरे। उनले भने 'अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ ।' ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।’ अर्थमन्त्री डा. महतले भने , ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ । पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि…
* भिष्म जोशी धेरै पर नजाऔँ ०४६ सालको आन्दोलन यता भनौँ वा आज भन्दा करिब ३४/३५ वर्ष यता हेर्ने हो भने नेपालमा अस्थिरतै अस्थिरता मात्र देखिन्छ । त्यो अस्थिरता केवल राजनीतिमा मात्र होइन, समाजका हरेक क्षेत्रमा देखिन्छ । राजनीति बिग्रियो भने हरेक चिज बिग्रिन्छ या बिग्रिन्न त्यो अर्कै पाटो भयो तर सबैको केन्द्र बिन्दु राजनीति बनाइयो । देशको राजनीति जता घुम्यो त्यतै समाजका हरेक पाङ्ग्राहरू घुम्दै गए । समाजका हरेक अङ्गहरू राजनीति रुपी मृत्युको कुवाबाट बाहिर ननिस्कने गरी किन रुमल्लियो रहे त ? किन अगाडी बढेन नेपालको रथ ? यी प्रश्नहरूको जिज्ञासा जाग्नु स्वाभाविक बनेको छ । यो ३५ वर्षको अवधि भनेको समयको…
काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ । समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो । सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ । नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको…
मणिपुरमा फेरि जातीय हिंसाको आतङ्कको स्थिति सिर्जना भएको छ । मणिपुर हिंसाको लामो समयपछि इन्टरनेट सुचारु भएको ३ दिनपछि २ जना विद्यार्थीहरूको हत्याको भिडियो भाइरल भयो । यी दुवै विद्यार्थीहरू ८२ दिनदेखि लापत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसरी हत्या भएका विद्यार्थीहरूमा एक जना १७ वर्षीय युवती र अर्को २० वर्षीय युवक भएको जानकारी हुन आएको छ । स्मरण रहोस् केही समय पहिले दुई महिलालाई निर्वस्त्र गाऊ घुमाएको भिडियो भाइरल भएपछि मणिपुरमा ठुला जातीय हिंसा भड्किएको थियो । फेरि यो भयातक भिडियो भाइरल भएपछि त्यहाँ आतङ्कको स्थिति सिर्जना भएको छ । यद्यपि सीबीआईले विद्यार्थीहरूको हत्याको आरोपमा चार जनालाई…
* समीर सिंह साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो । धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको…
