बार्सिलोना, ५ मङ्सिर । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर ३० मा जन्मिएको थियो । त्यो बच्चा ३० वर्षकी एस्टेफानिया र २७ वर्षकी अजहाराको जोडीबाट जन्मिएका हुन । यस अवधिमा अजहाराले आफ्नो छोरालाई ९ महिनासम्म आफ्नो गर्भमा राखेकी थिइन् तर उनलाई जन्म दिने अण्डा भने एस्टेफानियाको कोखबाट भएको थियो । यो दम्पतीले स्पेनको प्रजनन क्लिनिकको सहयोगमा यस वर्ष मार्चमा अभिभावक बन्ने यात्रा सुरु गरेका थिए। उनीहरूले अभिभावक बन्न इन्भो सेल नामक प्रजनन…
काठमाडौं, ५ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ । यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४- ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । नेपाली टिम गोलकिपर: अभिषेक बराल,…
काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका…
भीष्म जोशी नेपाल मात्र नभई विश्व मै लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ । नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ | आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका…
मंसिर ५, वासिंगटन डिसी ।अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ । विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ । स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरु आफै पौडी खेलेर किनारमा पुगेका हुन् । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो । पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो…
मंसिर ५, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले…
मंसिर ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर…
मंसिर ५, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी…
मंसिर ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।
मंसिर ४, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली…
