मंसिर ४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बस्नेतले पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।
मंसिर ४, काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो । नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सोमबार आयोजित प्रि-म्याच कन्फेरेन्समा बोल्दै नेपाली…
४ मंसिर, ४ मंसिर । इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ। हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना भन्दै दोष लगाएको बताएको छ । उसले भनेको छ, ‘यो विश्वव्यापी रूपमा निकै गम्भीर घटना हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बेलायतको स्वामित्वमा रहेको र जापानबाट सञ्चालित कार्गो जहाज इरानको सहयोगी हुथी विद्रोहीले कब्जा गरेको जनाएको हो । जहाजमा एक जना पनि इजरायली नागरिक थिएनन्। नेतान्याहुको कार्यालयका अनुसार इरानले गरेको आतंकवादी कार्य हो, जसले विश्वव्यापी शिपिंग मार्गहरूको सुरक्षालाई असर गरेको छ । यसले…
मंसिर ४, काठमाडौं । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन् । गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् । ‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’ उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईंले…
मंसिर ४, काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अबस्था अझै अज्ञात रहेको जनाएको हो । हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ । उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’ तर, केही मिडियाले जाेशी…
मंसिर ३ ,काठमाडौं । अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले…
मंसिर ३ ,काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :
घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको छ। दुई महिला घटनालाई देखेर बेहोस भएका छन्। आज दिउसो करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।
मंसिर ३ ,रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, “हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौं । जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन । दलाल पूँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन । तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।” सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने…
मंसिर ३ ,काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ । यस सिरिजको फाइनल…
