शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८१ कार्तिक २७, मंगलवार

मंगलबार हरिबोधिनी एकादशी मनाउँदै!!

मंगलबार हरिबोधिनी एकादशी मनाउँदै!!

कार्तिक २७, २०८१ शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search