-काठमाण्डौ समाचारदाता काठमाडौं -प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ । प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताउनुभयो । ‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भन्नुभयो ‘ति टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताउनुभयो…
