शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सम्पादकहरुलाई राधिका शाक्को जवाफ : ढुक्क हुनुहोस म राजनीतिमा आँउदिन

Advertisement

-काठमाण्डौ समाचारदाता

काठमाडौं -प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ । प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताउनुभयो । ‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भन्नुभयो ‘ति टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’

शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताउनुभयो । उहाँले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको उहाँले बताउनुभयो । ‘आजै विबहान पनि खाना बनाउदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकाी थिंए’ शाक्यले भन्नुभयो ‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’ आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभुतिको दस्तावेजिकरणका लागि लेखिएको उहाँले बताउनुभयो । पुस्तकको संवादका क्रममा सम्पादकहरुले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भन्नुभयो ‘म राजनीतिमा आउदिन ।तपाईंहरु ढुक्क हुनुहोस । मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’ आफूले राजनीति नगरे पनि राजनीतिचाँही बुझ्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उहाँले बताउनुभयो । ‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउछन् । उनीहरु किन र के का लागि आउछन् म कहिल्यै सोध्धिन । किनभने म राजनीति गर्दिन तर राजनीतिचाँही बुझ्छु ’ शाक्यले भन्नुभयो । एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले चार पटक प्रधानमन्त्री बनाउनुभयो । आफू नबन्ने ?’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पार्नुभयो । ‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन । देश बनाउन धेरै गाह्रो छ । आफूसँग टिम चाहिन्छ । राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ ’ शाक्यले भन्नुभयो । उहाँले सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो ’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको सुनाउनुभयो ।

‘यस प्रकारको अस्थिरता फैलाएपछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यले भन्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कवि एवं समालोचक प्रा.डा.देवी नेपाल र वरिष्ठ पत्रकार,समिक्षक एवं लेखक बविता बस्नेतले करुणा माथी समिक्षा गर्नुभएको थियो । डा. नेपालले पुस्तक ध्वनी,ब्यञ्जना,रस आदि सबैको उचित संयोजन भएको बताउनुभयो । उहाँले लेखकको हृदय र मस्तिकबाट ‘करुणा’ जन्मिएको बताउनुभयो । उहाँले पुस्तकमा उल्लेख भएको रोचक घटना,परिवेश र उदाहरणहरु पनि प्रष्तुत गर्नुभएको थियो ।

अर्की समिक्षक बस्नेतले पुस्तक भनेको समयको चिनारी भएको बताउनुभयो । ‘राधिका शाक्यले आफ्ना अनुभवको अस्तवेजिकरणबाट पुस्तक जन्माउनुभयो । पुस्तक प्रेमले पुस्तकालय खोल्नुभयो’ बस्नेतको सुझाव दिंदै भन्नुभयो ‘पुस्तक पढ्दा लाग्छ यसको नाम करुणा नभएर कल्पवृक्षको सही हुन्थ्यो कि ।’ कार्यक्रमको सञ्चालन महासचिव हिरामान लामाले गर्नुभएको थियो ।

कार्यक्रमका तस्विरहरु प्रेस चाैतारी नेपालकाे अध्यक्ष गणेश बस्नेतबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search