जेठ २८- नेकपा एमाले दोलखाले दुई महिने श्रमदान अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमीटी दोलखाको छैटौ पुर्ण बैठकले जिल्लामा आगामी असार र साउन महिना खेतीपातीको समय भएकाले पालिका र वडा कमिटीहरुले जिल्ला भित्रका एकल महिला,जेष्ठ नागरिकलाई कृषि उत्पादन कार्यमा सहयोग गर्न श्रमदान अभियान सञ्चालन गरी उत्पादनमुखी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अवधिमा राजधानीमा रहेका दोलखा जिल्लाका नागरिकहरुमा पाटी काम विस्तार गर्न केन्द्रीत हुने निर्णय गरिएको छ भने बैठकले आवश्यकता अनुसार दोलखा काठमाडौ सम्पर्क मञ्च,पालिका कमिटी, वडा कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरिएको नेकपा एमाले दोलखाका उपसचिव एंव प्रचार विभाग प्रमुख हरि ओलीले…
