Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमाले दोलखाले दुई महिने श्रमदान अभियान सञ्चालन गर्ने

Advertisement

जेठ २८- नेकपा एमाले दोलखाले दुई महिने श्रमदान अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमीटी दोलखाको छैटौ पुर्ण बैठकले जिल्लामा आगामी असार र साउन महिना खेतीपातीको समय भएकाले पालिका र वडा कमिटीहरुले जिल्ला भित्रका एकल महिला,जेष्ठ नागरिकलाई कृषि उत्पादन कार्यमा सहयोग गर्न श्रमदान अभियान सञ्चालन गरी उत्पादनमुखी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त अवधिमा राजधानीमा रहेका दोलखा जिल्लाका नागरिकहरुमा पाटी काम विस्तार गर्न केन्द्रीत हुने निर्णय गरिएको छ भने बैठकले आवश्यकता अनुसार दोलखा काठमाडौ सम्पर्क मञ्च,पालिका कमिटी, वडा कमिटी र जनसंगठनलाई परिचालन गर्ने निर्णय गरिएको नेकपा एमाले दोलखाका उपसचिव एंव प्रचार विभाग प्रमुख हरि ओलीले जानकारी दिनुभयो ।उहाँँका अनुसार पार्टीको बैठकले मौसमजन्य विपदका लागि पूर्व तयारी र सावधानीहरु अपनाउन सम्पुर्ण पाटी नेता,कार्यकर्ताहरुलाई अनुरोध गर्नुका साथै मातहत कमिटीले सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकले आर्थिक वर्ष २०८२÷८३ स्थानीय सरोकारको विषयमा केन्द्रित रहेर नीति तथा कार्यक्रम र बजेट बनाउन पहलकदमी लिनका लागि पालिका कमिटी र वडा कमिटीको बैठक बसी सम्बन्धित पालिकाहरुमा बुझाउन निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी

भीमेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, पुँजीगत तथा कृषि क्षेत्रमा खर्च न्यून भएको टिप्पणी ...
सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु महेन्द्र श्रेष्ठ दोलखा। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थल...
विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष

विशेष अदालतको आदेश : विष्णु पौडेललाई साधारण तारिख, हालसम्म प्रमाण नपुगेको निष्कर्ष महेन्द्र श्रेष्ठ काठमाडौं। एमाले उपाध्यक्...
लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता

लगातार तीन दिनको वर्षाले दोलखाका किसान हर्षित, धान रोपाइँले लियो तीव्रता महेन्द्र श्रेष्ठ दोलखा। लगातार तीन दिनदेखि परेको व...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search