काठमाडौं- प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताउनुभएको छ । सबैका रुची अलग अलग भएकोले आफ्नो रुची अनुसारको काम गर्नु उपयुक्त हुने उहाँको सुझाव छ । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको उहाँले बताउनुभयो । ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिदो रहेछ ’ शाक्यले भन्नुभयो ‘ अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ । तर त्यस्तो होइन । शाक्यले युवा संघले समाजमा रहेको विकृति र…
