Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्न युवाको भूमिका महत्वपूर्ण : राधिका शाक्य

Advertisement

काठमाडौं- प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताउनुभएको छ । सबैका रुची अलग अलग भएकोले आफ्नो  रुची अनुसारको काम गर्नु उपयुक्त हुने उहाँको सुझाव छ ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको उहाँले बताउनुभयो । ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिदो रहेछ ’ शाक्यले भन्नुभयो ‘ अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ । तर त्यस्तो होइन ।

शाक्यले युवा संघले समाजमा रहेको विकृति र बिसंगतीका विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । समाजमा फैलिएका नकारात्मकतालाई अन्त्य गर्न पनि युवा संघको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।‘ समाजमा असंख्य रुपमा फैलिरहेका नकारात्मकता र एकले अर्काको खुट्टा तान्ने प्रवृति छ’ शाक्यले भन्नुभयो ‘ कसैले प्रगति गरेको हेर्न नचाहने इष्र्या र डाहा गर्ने प्रचलन बढेको छ । यो समाजको उन्नतीका लागि राम्रो होइन ।

अहिले धेरै मान्छेको मुखमुखमा युवाले पाउनु पर्दछ भन्ने आफूले सुनेको उहाँले बताउनभयो । युवा भनेको वर्तमान र भविष्य समेत भएकोले उनीहरुले सचेत र विवेकशिल भएर काम गरे भने देशलाई पनि योगदान हुने शाक्यको भनाइ छ । ‘तपाईंहरु आजको वर्तमान र भोलीको भविष्य हो । तपाईंहरु राम्रो बाटोमा लाग्नु भयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ । वर्तमान पनि राम्रो हुन्छ’ युवा संघका नेता कार्यकर्तालाई सम्बोधन गर्दै शाक्यले भन्नुभयो ‘ तपाईंहरु बिग्रनु भयो ,बरालिनु भयो भने हाम्रो वर्तमान पनि राम्रो हुदैन,हाम्रो भविष्य पनि राम्रो हुदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search