गोदावरी (ललितपुर), भदौ २०। नेकपा (एमाले)को पछिल्लो तथ्याङ्कअनुसार पार्टीका संगठित सदस्य संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको छ। यो संख्या १०औं महाधिवेशनपछिको तीन वर्षमा करिब ३० प्रतिशतले बढेको हो। पार्टी महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार हालसम्म देशभर ६४ हजार ७ सय ६ वटा विभिन्न तहका कमिटी गठन भएका छन्। महासचिव पोखरेलका अनुसार एमालेसँग हाल करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेका छन्। तीमध्ये डेढ लाख सदस्य अझै संगठित हुन बाँकी रहेको उल्लेख गरिएको छ। हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका…
