गोदावरी (ललितपुर), भदौ २०।
नेकपा (एमाले)को पछिल्लो तथ्याङ्कअनुसार पार्टीका संगठित सदस्य संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको छ। यो संख्या १०औं महाधिवेशनपछिको तीन वर्षमा करिब ३० प्रतिशतले बढेको हो।
पार्टी महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार हालसम्म देशभर ६४ हजार ७ सय ६ वटा विभिन्न तहका कमिटी गठन भएका छन्।
महासचिव पोखरेलका अनुसार एमालेसँग हाल करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेका छन्। तीमध्ये डेढ लाख सदस्य अझै संगठित हुन बाँकी रहेको उल्लेख गरिएको छ। हालसम्म ४ लाख २७ हजार १६ जना विभिन्न तहका कमिटीमा आबद्ध छन्।
कमिटी संरचना प्रतिवेदनअनुसार हालसम्म गठन भएका प्रमुख कमिटी यसप्रकार छन्:
- जिल्ला कमिटी: १ सय ३
- महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका कमिटी: १ हजार ६७
- वडा कमिटी: ७ हजार ७ सय ६०
- टोल कमिटी: ५५ हजार ७ सय ७६
प्रदेशगत विवरण
- कोशी प्रदेश: १४ जिल्ला, १३६ पालिका, ११५७ वडा, ७१०१ टोल गरी ८४०८ कमिटी।
- मधेश प्रदेश: ८ जिल्ला, १३६ पालिका, १२७१ वडा, ६५१५ टोल गरी ७९३० कमिटी।
- बागमती प्रदेश: १३ जिल्ला, १११ पालिका, ११२१ वडा, १४२०६ टोल गरी १५४५१ कमिटी।
- गण्डकी प्रदेश: ११ जिल्ला, ८५ पालिका, ७५९ वडा, ५५६० टोल गरी ६४१५ कमिटी।
- लुम्बिनी प्रदेश: १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, ९२६७ टोल गरी १०३७१ कमिटी।
- कर्णाली प्रदेश: १० जिल्ला, ७९ पालिका, ७१८ वडा, ६४५३ टोल गरी ७२६० कमिटी।
- सुदूरपश्चिम प्रदेश: ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५८५० टोल गरी ६६८१ कमिटी।
समन्वय तथा प्रवास
- सम्पर्क समन्वय: ७ जिल्ला, ७४ पालिका, ७४३ वडा गरी ८२४ कमिटी।
- प्रवासी नेपाली मञ्च: ५ जिल्ला, ३६ पालिका, ७० वडा गरी १११ कमिटी।
- भारत शाखा: १० जिल्ला, १४१ पालिका, ४१६ वडा गरी ५६७ कमिटी।
तहगत सदस्य संख्या
- जिल्ला तह: ९ हजार ७७४ जना
- पालिका तह: ४१ हजार ६३३ जना
- वडा तह: १ लाख ७४ हजार २४५ जना
- टोल तह: २ लाख १ हजार ३६४ जना
यसरी हेर्दा एमाले देशकै सबैभन्दा ठूलो संगठित पार्टी बनेको महासचिव पोखरेलले दाबी गरेका छन्।



