नेकपा एमाले दोलखा जिल्ला कमिटीद्वारा कात्तिक २९ गते आयोजना गरिने ऐतिहासिक आमसभा र त्यसको पूर्वसन्ध्यामा कात्तिक २८ गते हुने मोटरसाइकल यात्राको तयारी तीव्र रूपमा अघि बढाइएको छ। कार्यक्रमअनुसार कात्तिक २९ गते बिहान ११:०० बजे चरिकोट सातदोबाटोबाट जुलुस सुरु हुनेछ, जसले बजार परिक्रमा गर्दै पुनः सातदोबाटोमै पुगेर विशाल आमसभामा परिणत हुनेछ। त्यसअघि, कात्तिक २८ गते दिउँसो ३:०० बजे चरिकोट सातदोबाटोबाट मोटरसाइकल यात्रा सुरु हुने छ, जसले पार्टीको जनपरिचालन अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने उद्देश्य लिएको छ। उक्त तयारीलाई सफल र प्रभावकारी बनाउन नेकपा एमाले दोलखा जिल्ला कमिटी, नगर कमिटी तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूबीच निरन्तर छलफल र समन्वय बैठकहरू भईरहेका…
